logo

बीरगन्जमा कलेज शिलबन्दी प्रकरण, नियतमाथि उठ्यो प्रश्न

 इसीमाना सम्वाददाता     २०८० भदौ १९ गते ०५: २३ मा प्रकाशित     827   पटक पढिएको

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नगरभत्रि अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालय र कलेजहरुमा शिलबन्दी अभियान चलाएको छ ।


गएको बुधबारदेखि महानगरले शुरु गरेको यो अभियानमा ७ वटा अनुमतिबेगर सञ्चालित शैक्षिक संस्थामा शिलबन्दी गरेको हो ।


महानगरको टोलीले अहिलेसम्म युनिभर्सल प्लस टु, प्रिस्टोन मोडेल एकेडेमी, अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, बीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बीजी बी किड्समा शिलबन्दी गरेको छ ।


संविधानमा भएको व्यवस्था अनुसार कलेजहरु स्कुल/कलेज सञ्चालन गनुपर्दा सम्बन्धित स्थानीयतहसंग सञ्चालनको अनुमति लिनुपर्ने हुन्छ । यही व्यवस्थालाई टेकेर महानगरले गैरकानुनीरुपमा सञ्चालित शैक्षिक संस्थाहरुमा शिलबन्दी अभियान चलाएको महानगर बताउँछ ।

No description available.
महानगर नियमन समितिका संयोजक इश्वरचन्द्र यादवले शैक्षिक संस्थाको हकमा संविधानले व्यवस्था गरेबमोजिम आफूहरु अगाडि बढेको बताए । उनले भने,‘ अहिले हामी ती कलेजहरुमा शिलबन्दी गरिरहेका छौ जो हाम्रो शिक्षा महाशाखाबाट अनुमति पत्र लिएको छैन, सञ्चालित एरियामा दर्ता छैन त्यसलाई शिलबन्दी गरेका हौं ।’’ चेकजाँचमा अन्य स्कुलको कागजपत्र देखाइरहेका कलेजहरुलाई शिलबन्दी भइरहेको उनी बताउँछन् । कतिपय उच्च माध्यामिक बिद्यालयले इजजात अरु कसैको संचालन अन्यको नाममा गरेको पाइएपछि त्यसमाथि महानगरले आफनो डण्डा चलाएको यादवको दावी छ । उनी भन्छन,“ यसको उदाहरणको रुपमा बीरगंज स्कूल अफ ‘ल’ लाई लिन सकिन्छ, जसले प्रिन्स एकेडेमीले पाएको इजाजतपत्रमा कलेज संचालन गर्दै आएको थियो ।”


के छ शिक्षा ऐनमा ?


शिक्षा ऐनमा भएको व्यवस्था अनुसार अनुमतिबेगर सञ्चालित कलेजहरुमा शिलबन्दी भइरहेको महानगरको धारणा छ । शिक्षा नियमावली २०५९ को परिच्छेद २ मा प्राथमिक विद्यालय, निम्न माध्यमिक वा माध्यमिक विद्यालय खोल्न चाहनेले शैक्षिक सत्र हुनु भन्दा कम्तीमा ३ महिना अगावै अनुसूची २ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने व्यवस्था छ ।


माध्यमिक तहको हकमा विद्यालय सञ्चालनका लागि सबै शर्त पूरा भएमा सम्बन्धित स्थानीय तहले सञ्चालनको अनुमति दिने व्यवस्था छ ।


नियतमा खोट


यही आधारलाई टेकेर बीरगन्ज महानगरले अहिले गैरकानुनीरुपमा सञ्चालित कलेजहरुमा शिलबन्दी गरिरहेको छ । शिक्षा नियमावली बमोजिम अनुमतिबिना सञ्चालित कलेजहरुलाई शिलबन्दी गर्ने अधिकार भएतापनि महानगरले किन अहिले आएर यो अभियान चलाइरहेको छ त्यसमा प्रश्न चिन्ह खडा भएको छ ।

No description available.
शिलबन्दी भएका ७ वटै कलेजहरु करिब ४ वर्ष पहिलादेखि नै सञ्चालनमा रहेको नियमन समिति प्रमुख इश्वरचन्द्र यादव बताउँछन् । यसरी ४ वर्ष पहिलादेखि नै सञ्चालनमा रहेका कलेजहरुमा अहिले आएर एकाएक भइरहेको शिलबन्दीले महानगरको नियतमाथि शंका उब्जाएको छ । आर्थिक लाभमा सहमति नभएपछि यो अभिायन चलाइएको चर्चा छ ।


विद्यार्थीको भविष्य अन्योलमा


नयाँ शैक्षिक सत्र सुरु भएपछि सबै कलेजहरुले धमाधम भर्ना लिएका छन । बीरगंज स्कूल अफ ल को कक्षा ११ मा ४० जना कक्षा १२ मा ४० जना अध्ययनरत रहेका छन । प्रिन्सटन कलेजले यो शैक्षीक सत्रकालागि कक्षा ११ मा ३५ जना विद्यार्थीको भर्ना लिएको छ ।

 

अन्य कलेजले पनि यही अनुपातमा भर्ना लिएर पठनपाठन पनि शुरु गरिसकेका थिए । तर महानगरको शिलबन्दीका कारण ति विद्यार्थीको शैक्षीक भविष्य अन्यौलमा परेको छ ।


के भन्छन संचालक ?


महानगरले चलाइरहेको शिलबन्दी अभियानप्रति संचालकहरुले असन्तुष्टि जनाएका छन । महानगरले बिना पूर्व जानकारी बिना एक्कासी शिलबन्दी गरेको उनीहरुले आरोप छ । बीरगंज स्कूल अफ ल का सञ्चालक सुधिर कर्ण भन्छन्,‘हामी नियमसंगत चलाइरहेका थियौं तर महानगरले जबरजस्ती शिलबन्दी ग¥यो, यसो गर्दा महानगर आफैले प्रक्रिया पुरा गरेको छैन, किनकी शिलबन्दी गर्नु पहिला हामीलाई महानगरले परिपत्र गर्नुपथ्र्यो ।’


प्रिस्टोन एकेडेमीका संचालक बिनोद कुमारले आफुहरुले इजाजतको प्रक्रिया महानगरमा शुरु गरेको तर पुरा नभएको प्रतिक्रिया दिए । उनले कागजपत्रसहित महानगरमा आवेदन दिएको र महानगर पनि प्रक्रियामा रहेको बेला हठात् शिलबन्दी भएको भन्दै असन्तोष ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.