logo

सानालाइ ऐन ठुलालाई चैन भयो चरितार्थ, आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटा एकदिन पनि जेल नबसी हुने भए रिहा

 इसीमाना सम्वाददाता     २०८० भदौ २२ गते ०३: ०५ मा प्रकाशित     919   पटक पढिएको

चितवन । उच्च अदालतका हेटौडाका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले बिहीबार प्रदीप रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी केशवराज कौशिकले आदेश दिएको बताएका हुन।


यो आदेशपछि रुङटा आइतवार रिहा हुनेछन । चितवनका व्यवसायी शंकर कडेलको आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाएका प्रदीप रुङ्गाटा एक दिन पनि जेल नबसी रिहा हुन लागेका हुन।

 

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेतासमेत रहेका शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले रुङ्गाटालाई साउन १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश गरेको थियो। तर उनी एक दिन पनि जेल नबसी रिहा हुन लागेका हुन्।


पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादी रुङ्गटा अदालतमै बेहोस भएका थिए। जिल्ला अदालत चितवनले थुनामा राख्न दिएको आदेशपछि बेहोस भएका रुङ्गाटालाई उपाचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

मृतक कँडेलले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोराले रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको आदेशमा भनिएको थियो।

व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण शुरु जिल्ला अदालतल त्यसबेला े,‘मृतक शंकर प्रसाद कँडेलले आत्महत्या गर्नुपूर्व निजले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोरा, जाहेरी दरखास्त कल्पना पौडेल, कमला शर्मा पौडेल समेतले घटना विवरण कागजमा लेखाइदिएको समेतका तत्काल प्रमाणबाट यी प्रतिवादी प्रदिपकुमार रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको र आरोपित कसूर ठहर भएमा हुनसक्ने सजाय समेतलाई विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम मुद्धा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने देखिँदा कानुन बमोजिमको सिधा खान पाउने गरी रितपूर्वकको थुनुवा पूर्जी दिई कारागार कार्यालय चितवनमा पठाइदिनु भनी ऐ संहिताको दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ’, भनेको थियो।

तर घटनाको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा जेल गएनन्। अदालतको आदेशलगत्तै बिरामी भएको भन्दै रूङ्टाका सहयोगीले उनलाई तत्कालै भरतपुर अस्पतालमा भर्ना गरे। रक्तचाप बढेको भन्दै अदालतमै बेहोस बनेका रुङ्गाटालाई केही दिनको उपचार र अस्पताल बसाइपछि भरतपुर अस्पतालले गत भदौ ८ गते डिस्चार्ज गरेको थियो।

 

डिस्चार्ज भएपछि कारागार पठाइएका उनलाई एक रात पनि नबसी त्यही बेलुका बिरामीको बहानामा चितवन मेडिकल कलेज लगिएको थियो।

उनले आफूलाई गम्भीर बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना भएका थिए। अदालतको आदेशमा जेल जानुपर्ने रुङ्गटा अहिले पनि भरतपुरस्थित चितवन मेडिकल कलेजमा छन्।

 

जिल्ला अदालतको आदेशपछि रुङ्गटाले धरौटीमा छाड्न मागसहित उच्च अदालत हेटौँडामा रिट हालेका थिए।

 

उच्च अदालत हेटौंडाले रूङ्गाटाको निवेदनअनुसार पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

 

बिहीबार अदालतले आदेश दिए पनि चितवन र मकवानपुरसहितका जिल्लामा शुक्रबार सार्वजनिक बिदा छ। यस्तोमा अब रुङ्गटा आइतबार धरौटीमा छुट्ने छन्।

 

अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफूलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए।

 

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा रावल र त्यही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.