logo

सर्राफ हत्या प्रकरण, अनुसन्धानमाथि प्रश्न, बाराका प्रजिअले अभिब्यक्ति सच्याए, नेपाल प्रहरीले के गर्छ

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०८: ४५ मा प्रकाशित     558   पटक पढिएको

 कलैया । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकार हत्या प्रकरणमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। उनले सर्राफको चरित्रनै हत्याको कारण भएको अभिब्यक्ति दिएका थिए ।

शुक्रवार एक विज्ञप्ति जारि गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले स्वर्णकारको हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिलेबारा जिल्ला बासी माथि पर्न गएको दुःख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् ।


सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणको कारण भएको बताएका थिए । उनको अभिब्यक्तिको मात्र होइन बिवाह पछिको प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको कुरा आमसंचार माध्यमले सार्वजनीक गरेका थिए । सर्राफको परिवारले प्रेम सम्बन्ध हत्याको कारण नभई बदनाम गराइएको भन्दै आपत्ती जनाएका थिए ।

नेपाल प्रहरीको आधिकारीक सामाजिक संजाल फेशबुक पेजमा समेत बिवाहेतर प्रेम सम्बन्ध र रिसइवीका कारण हत्या भएको उल्लेख गरिएको छ । यद्धपी प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

 

प्रहरीस्रोतलाई कोट गरिएर सार्वजकिन भएका शुक्रवारका केही समाचारमा समेत त्रिपक्षीय प्रेमको काहानीका कुरा आएका छन । प्रहरीको अनुसन्धान र हत्या आरोपमा समातिएकाहरुको प्रारम्भिक बयानलाई पनि आधार मान्दा हत्याको अर्को कुनै कारण छ भन्ने कुरा स्थापित भएको छैन । परिवारले प्रेम सम्बन्ध हत्याको कारण होइन यो बदनाम गर्ने प्रपञ्च भन्दै आएको छ ।


सर्राफको हत्या अभियोग लागेका केहीलाई प्रहरीले सार्वजनीक गरेको छ । त्यसमध्यकी राधा गुप्तालाई प्रहरीले मुख्य योजनाकार भएको भन्दै प्रस्तुत गरेको छ ।

 

प्रहरीले राधा गुप्तालाई मुख्य योजनाकारको रुपमा प्रस्तुत गरेर अन्य, प्रहरीको नियन्त्रणमा आइनसकेका अभियुक्तहरुको पहिचानका बारेमा सार्वजनीक गरेर अपरिपक्वव ब्यवहार प्रदर्शीत गरेको छ । प्रहरीको यो केटाकेटीपनका कारण आरोपीहरु उम्किन मद्धत मिलेको छ । अनुसन्धानलाई “डिसक्लोज” गरेर प्रहरी, आरोपीहरुको सहयोगी बनेको भन्दै आलोचना भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.