logo

बढदो हत्या घटना प्रति साँसद मैनालीको चिन्ता, अपराधीक घटना नियन्त्रणकालागि संसद मार्फत सरकारसंग माँग

 इसीमाना सम्वाददाता     २०८१ असार ३ गते ०३: ०० मा प्रकाशित     699   पटक पढिएको

काठमाडौं । मधेश प्रदेशमा बढदै गइरहेको अपराधीक गतिविधि प्रति प्रतिनिधि सभामा चासो र चिन्ता ब्यक्त गरिएको छ । बाराको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साँसद नेकपा एमालेका नेता अच्यूत मैनालीले मधेश बढदै गएको हत्याको घटनाको चर्चा गर्दै नियन्त्रणकालागि सरकारको ध्यानाकर्षण गराएका हुन ।


आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मैनालीले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै सरकारलाई आवश्यक ध्यान आग्रह गरका हुन । भारतसंगको खुला सीमाका कारण सुटरहरु नेपालमा आइ हत्या गर्ने, भारत प्रवेश गर्न प्रवृति बढेको उनले बताए ।


उनले अपारधीलाई कानूनी दायरामा ल्याउन प्रभावकारी कदम चाल्न माँग गरे । बारामा पछिल्लो पटक क्याम्पस प्रमुखको हत्याको घटना एक वर्षको अवधीकमा चौथो भएको बताए ।

गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार गरि हत्या गरिएको थियो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरिएको थियो ।

साँसद मैनालीले भारतसंगको खुला सीमाको प्रयोग गरेर सुटर भारतबाट आएर नेपालमा अपराध गर्ने भएकोले मधेसको सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् ।

मधेसमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरु बिस्थापित हुनुपर्‍यो । त्यो पीडालाई बिर्सिएर मधेस संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रुपमा छ ।

यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता बढाउन उनले माँग गरे ।

उनले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.