logo

कित्ता नं १०६ को कथा, स्काइलाइन मल झनै बिवादमा , जग्गा आफ्नो दावी गर्दै आए अर्का अन्सारी पनि

 इसीमाना सम्बाददाता      २०८१ भदौ १४ गते १५: ३६ मा प्रकाशित     882   पटक पढिएको

बीरगंज । बीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको स्काइलाइन मलले चर्चेको जग्गाको स्वामित्व आफ्नो हो भन्दै दावी गर्नेहरुको सूचीमा हविव अन्सारीको पनि नाम थपिएको छ।

 

बीरगंज महानगरपालिका वडा नं १२ निवासी हविव अन्सारीले साविक कित्ता नं १०६ आफनो भएको दावी गरेका छन । स्काइलाइन मलले चर्चेको नयाँ नापी अन्तरगतको कित्ता नं ५४ नै कित्ता नं १०६ भएको अन्सारीको दावी छ ।

जग्गा जाँच नाप ऐन २०१९ को आधारमा २०२३ जेठ २७ गते सर्वे नापी हुदा पर्सा जिल्लाको श्रीपुर गाविस (बि) वडा नं ९ को कि.न. १३ को ज.वि. करिब १० कठ्ठा डेढ कनवा पुरेन्द्रकिशोर शाहको नाममा दर्ता कायम भएको देखिन्छ ।


उक्त जग्गा कित्ताफोड हुदा कि.न.१३ खारेज भई कि.नं .२५ र २६ कायम भएको अभिलेखमा छ । कि.न.२५ खारेज भर्ई कि.न. २६ फेरी कित्ताकाँट हुदा कित्ता नं १०५ १०६ र १०७ कायम भएको हो । कित्ता नं १०६ श्रीमती रत्ना शाहको नामबाट हविव अन्सारीको नाममा रजिष्ट्रेशन पास भएको अभिलेख छ ।


यस अघि कित्ता नं १०५ को नखित परविन अन्सारी र कित्ता नं १५ को रुक्मणी देवी केडियाको तर्फबाट केडिया परिवारले आफनो दावी रखेका छन ।

 

केडिया परिवारको तर्फबाट मालपोत कार्यालयमा हालसाविक र नामसारीका लागि निवेदन परेको स्रोतले जनाएको छ ।

 

बीरगंजका प्रतिष्ठित ब्यवसायीहरुको साझेदारीमा निर्माण कम्पनी स्काइलाईन इन्फ्रा प्रा.ली.को नाममा निर्माण भएको मल, जालसाझी किर्ते र गैरकानूनी कर्मको जगमा खडा भएको आरोप लाग्दै आएको छ ।

मल बनाइएको जग्गाको इतिहास र त्यसको निरन्तरतामा क्रमभंग गरेर मल निर्माण भएको दावी गर्दै आफनो हक कायम गर्न बिभिन्न निकायहरुमा उजुरीहरु गरिएका छन।

मलले आदर्श नगर निर्माण समितिले अधिग्रहण गरेको प्लटहरु खरिद गरेको दावी गरेको छ । तर अन्सारीले अफनो जग्गा अधिग्रहणमा नपरेको दावी गरेका छन । उनले अधिग्रहण २०२९ सालमा भएको तर आफूले ०५६ साल सम्म निरन्तर तिरो तिरेको रसिद राखेको बताए ।

 

अन्सारीको कित्ता न. १०६ मा ३ कठ्ठा जमिन रहेको छ । अन्सारीले गरिवी निवारण मंत्रालयमा नापी शाखाले हालसावीक नगरिदिएको भन्दै ०७७ सालमै निवेदन दिएका थिए ।

 

मंत्रालयले बिभागलाई हालसाविक गराउन निर्देशन दिएपछि बिभागले नापी शाखा पर्सालाई ०७८ कार्तिक ८ गते एउटा पत्र लेखेर हविब अन्सारीको नाममा हालसाविक किन नभएको र नहुनु पर्ने कारण भए लेखि पठाउनु भनेकोमा नापी शाखा पर्साले त्यो पत्रको आज सम्म् जवाफ दिएको छैन ।

 

जवाफ मात्र नदिएको होइन स्रेस्ता नै बिगारेर एउटा जग्गाको प्ल्टमा अरुको नाममा चढाएर गैरकानूनी र किर्ते काम गरि बसेको छ ।


मालपोत कार्यालय पर्साले पनि ०५१ साल बैशाख ५ गते बीरगंज नगरपालिका सहतिलाई एउटा पत्र लेखेर कित्ता नं १०६ श्रीमती रत्ना शाहको नाममा रहेको र कही कतैबाट रोक्का नरहेको स्पष्ट पारेको छ ।

 

त्यस्तै बीरगंज महानगरपालिकाले पनि ०५१ जेष्ठ ८ गते स्थानीय बिकास मंत्रालयको नगरपालिका ब्यवस्था शाखालाई एक पत्र लेखी कित्ता नं.१०६ रोक्का नरहेको ब्यहोरा प्रेशित गरेको छ । ०५६ सम्म तिरो तिरेको तथ्य छ । ०५१ सम्म रुीमती रत्ना शाहको हक कायमै छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.