logo

कित्ता नं १०६ को कथा, स्काइलाइन मल झनै बिवादमा , जग्गा आफ्नो दावी गर्दै आए अर्का अन्सारी पनि

 इसीमाना सम्बाददाता      २०८१ भदौ १४ गते १५: ३६ मा प्रकाशित     586   पटक पढिएको

बीरगंज । बीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको स्काइलाइन मलले चर्चेको जग्गाको स्वामित्व आफ्नो हो भन्दै दावी गर्नेहरुको सूचीमा हविव अन्सारीको पनि नाम थपिएको छ।

 

बीरगंज महानगरपालिका वडा नं १२ निवासी हविव अन्सारीले साविक कित्ता नं १०६ आफनो भएको दावी गरेका छन । स्काइलाइन मलले चर्चेको नयाँ नापी अन्तरगतको कित्ता नं ५४ नै कित्ता नं १०६ भएको अन्सारीको दावी छ ।

जग्गा जाँच नाप ऐन २०१९ को आधारमा २०२३ जेठ २७ गते सर्वे नापी हुदा पर्सा जिल्लाको श्रीपुर गाविस (बि) वडा नं ९ को कि.न. १३ को ज.वि. करिब १० कठ्ठा डेढ कनवा पुरेन्द्रकिशोर शाहको नाममा दर्ता कायम भएको देखिन्छ ।


उक्त जग्गा कित्ताफोड हुदा कि.न.१३ खारेज भई कि.नं .२५ र २६ कायम भएको अभिलेखमा छ । कि.न.२५ खारेज भर्ई कि.न. २६ फेरी कित्ताकाँट हुदा कित्ता नं १०५ १०६ र १०७ कायम भएको हो । कित्ता नं १०६ श्रीमती रत्ना शाहको नामबाट हविव अन्सारीको नाममा रजिष्ट्रेशन पास भएको अभिलेख छ ।


यस अघि कित्ता नं १०५ को नखित परविन अन्सारी र कित्ता नं १५ को रुक्मणी देवी केडियाको तर्फबाट केडिया परिवारले आफनो दावी रखेका छन ।

 

केडिया परिवारको तर्फबाट मालपोत कार्यालयमा हालसाविक र नामसारीका लागि निवेदन परेको स्रोतले जनाएको छ ।

 

बीरगंजका प्रतिष्ठित ब्यवसायीहरुको साझेदारीमा निर्माण कम्पनी स्काइलाईन इन्फ्रा प्रा.ली.को नाममा निर्माण भएको मल, जालसाझी किर्ते र गैरकानूनी कर्मको जगमा खडा भएको आरोप लाग्दै आएको छ ।

मल बनाइएको जग्गाको इतिहास र त्यसको निरन्तरतामा क्रमभंग गरेर मल निर्माण भएको दावी गर्दै आफनो हक कायम गर्न बिभिन्न निकायहरुमा उजुरीहरु गरिएका छन।

मलले आदर्श नगर निर्माण समितिले अधिग्रहण गरेको प्लटहरु खरिद गरेको दावी गरेको छ । तर अन्सारीले अफनो जग्गा अधिग्रहणमा नपरेको दावी गरेका छन । उनले अधिग्रहण २०२९ सालमा भएको तर आफूले ०५६ साल सम्म निरन्तर तिरो तिरेको रसिद राखेको बताए ।

 

अन्सारीको कित्ता न. १०६ मा ३ कठ्ठा जमिन रहेको छ । अन्सारीले गरिवी निवारण मंत्रालयमा नापी शाखाले हालसावीक नगरिदिएको भन्दै ०७७ सालमै निवेदन दिएका थिए ।

 

मंत्रालयले बिभागलाई हालसाविक गराउन निर्देशन दिएपछि बिभागले नापी शाखा पर्सालाई ०७८ कार्तिक ८ गते एउटा पत्र लेखेर हविब अन्सारीको नाममा हालसाविक किन नभएको र नहुनु पर्ने कारण भए लेखि पठाउनु भनेकोमा नापी शाखा पर्साले त्यो पत्रको आज सम्म् जवाफ दिएको छैन ।

 

जवाफ मात्र नदिएको होइन स्रेस्ता नै बिगारेर एउटा जग्गाको प्ल्टमा अरुको नाममा चढाएर गैरकानूनी र किर्ते काम गरि बसेको छ ।


मालपोत कार्यालय पर्साले पनि ०५१ साल बैशाख ५ गते बीरगंज नगरपालिका सहतिलाई एउटा पत्र लेखेर कित्ता नं १०६ श्रीमती रत्ना शाहको नाममा रहेको र कही कतैबाट रोक्का नरहेको स्पष्ट पारेको छ ।

 

त्यस्तै बीरगंज महानगरपालिकाले पनि ०५१ जेष्ठ ८ गते स्थानीय बिकास मंत्रालयको नगरपालिका ब्यवस्था शाखालाई एक पत्र लेखी कित्ता नं.१०६ रोक्का नरहेको ब्यहोरा प्रेशित गरेको छ । ०५६ सम्म तिरो तिरेको तथ्य छ । ०५१ सम्म रुीमती रत्ना शाहको हक कायमै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.