logo

प्राधिकरणको कदमको जीतपुरसीमरा बाणिज्यसंघ द्वारा बिरोध,उधोगमा तत्काल लाइन जोड्न माँग

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १३ गते ०५: ३८ मा प्रकाशित     285   पटक पढिएको

बीरगंज । नेपाल बिधुत प्राधिकरणले उधोगहरुको बिधुत आपूर्ती काटेकोमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेले  मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकारणको कदम सच्याउन आग्रह गरेका छन् । 

डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको वार्ता र सहमतीको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक वे–वास्ता गर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ ।

 

‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन तथा अशोक स्टिल इन्डष्ट्रिज मारमा परेको बिज्ञप्तिमा उल्लेख छ ।

 

ति उद्योगले देशको रोजगारी तथा कुल ग्रार्हास्थ   उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय हरेको बिज्ञप्तिमा भनिएको छ ।’ 

देशमा गरी खान पाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी÷व्यवसायी माथी भइरहेको आक्रमणले उद्योगीलाई त्रसित पारिरहेको बिज्ञप्तिमा उल्लेख छ ।

 

उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने प्राधिकरणले पटक–पटक उद्योगी व्यवसायीमाथी गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ । 

‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युत लाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युत प्राधिकरण सहित सम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.