logo

मृत्यु दर्ताको प्रमाण बोकेर क्रियापुत्रीको घरमै जान्छन वडाध्यक्ष

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १४ गते ०८: ०७ मा प्रकाशित     388   पटक पढिएको

चौतारा । सिन्धुपाल्चोकमा एक जना वडाध्यक्ष श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत लिएर जान्छन ।

 

उनी सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोगढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन)हुन । उनको वडाका नागरिकको मृत्यु भएमा उनी मृत्युदर्ता प्रमाण पत्र बोकेर श्रदान्जली  दिन जान्छन ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का रेशम बहादुर खड्का,रेल बहादुर खड्का र  रामशरण खड्काको माताको कार्तीक १० गते निधन भएको थियो ।  

 

दुःख परेको बेलामा श्रदान्जली दिन गएका वडाध्यक्षले  मृत्यु दर्ता प्रमाण पत्र समेत दिए । उनको यो कामको सबैले प्रशंसा गरेका छन ।

 

क्रियापुत्री रेशम खड्काले राम्रोकामको शुरुवात गरेको बताउदै  जे हुन थियो भयो तर हामीलाइ  वडाबाट पाउँनै पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको  प्रशंसा गरे  ।

 

समेबेदना प्रकट   गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भए सम्म घरघरमा उपलब्ध गराउँनकालागि  आफु लागी परेको र असाय, अपाङ्गता भएका ब्यक्ती जेष्ठ नागरीक परीचय पत्र नबीकरण र उँहाहरुले पाउँने सामाजिक सुरक्षा भत्ता समेत घर दैलो पुगेर बितरण गर्दै आइरहेको बताए । उ

नको यो काममा सहजीकरण भने वडा सचिब पुनम भण्डारीले गर्दै आइरहेकी छिन ।

 

 चौतारासाँगाचोगढीे नगरपालिकाले हरेक मृतक परिबारलाइ  पाँचहजार नगदका साथ भेटघाट कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

वडाले घरमै मृत्यु दर्ता प्रमाण पत्र पनी साथमा दिदाँ प्रत्यक्ष रुपमा सहयोग हुने स्थानीय ध्रुव थापाले बताए । यस्तो कार्य सिन्धुपाल्चोक जिल्लामा पहिलो सम्भवत पहिलो हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.