रंगपुर। पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ को बंकुल खोला बगरमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु (छोरी) नारायणी अस्पतालको एनआईसीयुमा भर्ना गरेर उपचार शुरु गरिएको छ ।
बच्चीलाई अस्पतालमा राखेर भर्ना शुरु गरिएको वडा नं २ का वडाध्यक्ष बिजय गैरेले जानकारी दिए ।
शुक्रबार बिहान करिब ६ः३० बजेको समयमा गाउँबाट खोलातिर घुम्न गएको बेला स्थानीय हिरालाल महतोले नवजात शिशु रोएको सुनेपछि प्रहरीलाई खवर गरेका थिए।
खबर पाउनसाथ घटना स्थलमा प्रहरी चौकी रङगपुरबाट गएको टोलीले हेर्दा नवजात शिशुलाई उद्दार गरी मुचुल्का तयार गरी रङगपुर स्वास्थ्य चौकीमा लगिएको थियो ।
शिशुको रङगपुर स्वास्थ्यमा स्वास्थय परिक्षण गर्दा अवस्था सामान्य रहेको स्वास्थ्य चौकीका प्रमुख रीयाज खानले बताए ।
नवजात शिशुको अभिभावकको पहिचान गरिरहेको प्रहरीले जनाएको छ । कहाँबाट खोलाको बगरमा ल्याएर छोड्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
तपाईको प्रतिक्रिया