logo

उत्पादनमा शुन्य र उपभोगमा बिलासिताको अवस्था रहदा सम्म समृद्धि आउदैनः महासचिव सी

 इसीमाना सम्वाददाता     २०८१ माघ १२ गते ०५: १६ मा प्रकाशित     568   पटक पढिएको

बीरगंज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले जनताबाट उठेको तागत माओवादीले छोडेर गल्ती गरेको बताएका छन ।


पत्रकार सुर्दशनराज पाण्डे र जनयुद्धका शहीद सीजन राज पाण्डेको स्मृतिमा प्रकाशीत पिता पुत्र स्मृतिग्रन्थको बीरगंजमा लोकपार्णगर्दै महासचिव सी ले यस्तो बताएका हुन । उनले आफूहरु जनताबाट टुटेको कडीलाई जोड्नका निम्ति जनतामा फर्किने निर्णयमा पुगेको बताए ।


उनले सुदर्शनराज पाण्डेले जनपक्षीय पत्रकारिता गरेको, उहाको बारेमा स्मृतिग्रन्थमा समेटिएका लेखहरु कार्यक्रममा ब्यक्त बिचारबाट पनि पुष्टि भएको बताउदै स्व. पाण्डेका आर्दश र जनपक्षधरतालाई अनुसरण गर्नु पर्ने बिचार ब्यक्त गरे । 

May be an image of 9 people, dais, temple and text
महासचिव सी ले  आत्मनिर्भरताको अभावमा समृद्धि नआउने प्रष्ट पारे । उनले भने जब सम्म राजनीतिक दलको नेतृत्व आत्म निर्भर हुदैन उत्पादनमा शुन्य र उपभोगमा बिलासिताको अवस्था रहन्छ त्यतीबेला सम्म समृद्धि आउदैन ।

 

उत्पादन शून्य हुदा दलाली हावी हुनै भन्दै महासचिव सी ले  त्यस्तो प्रृतिका बिरुद्ध एक हुन जरुरी रहेको बताए ।

 

उनले जनता आत्मनिर्भर नहुदा सम्म समृद्धि र बिकास नहुने भएकोले जनतालाई आत्म निर्भर बनाउन नेता नै उत्पादन संग जोडिनुको बिकल्प नहरेको बताए । 


कार्यक्रममा मधेश बिश्वबिद्यालयका उपकुलपती प्रा।डा।दीपक शाक्यले राजनीति नेतृत्वले नै रुपान्तरण गर्ने भएकोले राजनीति संगलो हुनु पर्ने बताए ।

उनले पत्रकार सुर्दशन राज पाण्डेको स्मृतिमा गरिव जेहन्दार एक बिद्यार्थीलाई नेपाल पत्रकार महासंघको सीफारिशमा निशुल्क अध्ययनको ब्यवस्था मिलाउने  घोषणा गरे । 


नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के।सी।लामिछाने ले पत्रकार स्व। सुर्दशन राज पाण्डे राज्य र रज्यसत्ताको बिपक्षा र मेहनतकश जनताको पक्षमा रहेर जनपक्षीय पत्राकारिता गरेको स्मरण गरे ।

संयोजक लामछिानेले  पत्रकार पाण्डेले गलतसंग कहिल्यै गलत संग सम्झौता नगरेको बताए । पत्रकारमा अलोचनात्मक चेत हुने र त्यो कहिल्यै मर्न नहुने स्व पण्डेको प्रष्ट अडान सदैव रहेको लामिछानेले स्मरण गरे ।

उनले मूल्यनिष्ट र सिद्धान्तनिष्ट पत्रकारिताका माध्यमले जनपक्षीय पत्रकारिता गर्न, सकेमा उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए  ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, भौतीकवादी समाजका बैध्नाथ ठाकुर,पत्रकार कविता खड्का स्व.पत्रकार सुर्दशनरज पाण्डेका भाई श्यामराजा पाण्डे, नेकपा मओवादीका मधेशका इन्चार्ज अनिल सी लगायतले पत्रकार पाण्डे तथा जनयुद्धका शहीद सीजनराज पाण्डेका बिविध पक्षका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन प्रकाश सी ले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.