नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने काम गरेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीयलाई आर्थिक नजराना लिएर नागरिकता दिलाएको भन्दै सप्तरीका सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाएका थिए ।
उनले बैठकमा दोषीलाई कारवाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै चर्को आलोचना गरे पछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट बुधवार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुवाआमा बनेका थिए ।
नागरिकताका लागि वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए ।
वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया