वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन, मोतिविन्दु पहिचान भएका ३५ जनाको केन्द्रले निशुल्क शल्यक्रिया गर्ने
इसीमाना सम्वाददाता
२०८२ बैशाख १३ गते ०८: ५६ मा प्रकाशित
1607 पटक पढिएको
वीरगञ्ज । वीरगंज सामुदायिक आँखा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वीरगञ्जले अनिवार आयोजना गरेको निःशुल्क आँखा शिविरबाट १ सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नं.२ छपकैयााँ छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका छन।
उनीहरुको वीरगंज सामुदायिक आँखा केन्द्र निशुल्क शल्यक्रिया हुने केन्द्रका मेडिकल अधिकृत महेशसिंह धामीले बताए ।
वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको जनाउदै बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको बताए ।
सोही अनुसार अहिले शिविरको सुरुवात गरिएको उनले बताए ।
वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई(मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताए ।
“केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै आइरहेको उनले बताए ।
उनले आफूहरुले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेको र त्यसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाएको बताए ।
केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गरे ।
केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।
वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।
तपाईको प्रतिक्रिया