logo

बिधिको शासनको वकालत गर्ने वकीलहरु हिंस्रक भए,जनकपुर घटना निन्दनीय घटनाका रुपमा दर्ज हुने

 इसीमाना सम्वाददाता     २०८२ सावन २७ गते ०७: ३८ मा प्रकाशित     482   पटक पढिएको

वीरगञ्ज । जनकपुरमा नेपाल बार एशोसिएशनका नाममा वकीलहरुले गरेको कामले कानूनी  पेशाको खिल्ली उडाएको छ ।

 

बिधिको शासनको वकालत गर्नेहरु हिंसामा उत्रिएपछि जनकपुरका वकीलहरुका बिषयमा देशब्यापीरुपमा  नकारात्मक टिप्पणी शुरु भएको छ ।

बिधिको शासन र  संविधानबादको रक्षाकानिम्ति अग्र मोर्चा रहने ठानिएका वकीलहरुले कानूनी शासननको हुर्मत लिएको  जनकपुरको घटना निन्दनीय घटनाको रुपमा दर्ज हुने भएको छ ।  

 

गुठी संस्थानको केन्द्रीय कार्यालयले गोरखापत्र दैनीकममा जग्गा लिज सम्बन्धमा ३५ दिने सूचना प्रकाशीत गर्यो ।  नेपाल पत्रकार महासंघ सहित चार वटा संस्थाले प्रतिस्पर्धामा भाग लिए ।

 

त्यस नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रस्ताव स्वीकृत भई २० वर्षकालागि लिज सम्झौता समेत भएको महासंघका अध्यक्ष श्याम बन्जाराले बताए ।

 

नेपाल बार एशोसिएशन जनकपुरधाम यो सम्पूर्ण प्रक्रियामा कही सामेल छैन तर जग्गा भने उसैलाई चाहियो । जग्गाको स्वामित्व आफूसंग भएको नक्कली कुरा गरेर बारको नाममा किचलो शुरु मात्र गरिए आज त पत्रकारमार्थि सांघातिक आक्रमण नै गरियो ।

May be an image of 1 person, beard, smiling and hospital

 सरकार हिनिताको नमुना अहिले जनकपुरमा हेर्दा सहजै बुझ्न सकिन्छ । पत्रकारको टाउको गम्भिर प्रकारको चोट छ । खुट्टा ठाउँ ठाउँमा भाच्चिएको छ । पत्रकार अस्पतालमा उपचार गराई रहेका छन ।

 

 आक्रमणकारीहरु बिन्दास पारामा छन । धनुषामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी ,प्रदेश सरकार वा संघ सरकार नभएको प्रतित हुन्छ । आक्रमणकारीहरु कानूनको दायरामा छैनन । उनीहरुले उन्मुक्ति प्राप्त गरेका छन ।


वकीलहरुको आक्रमणबाट  महासंघका महासचिव शैलेन्द्र महत्तो क्रान्तिको दुई ठाउँमा खुट्टा भाँचिएको छ। यस्तै, पत्रकार दिवाकर साहको अवस्था अत्यन्तै गम्भीर छ।

 

अध्यक्ष श्याम बन्जारा उपाध्यक्ष ज्योति झा, पत्रकार बिनिता यादव र अन्य आधा दर्जनभन्दा बढी पत्रकारहरू पनि घाइते भई अस्पतालमा उपचाररत छन्। अध्यक्ष श्याम बन्जारा स्वयं पनि घाइते भएका थिए, तर उपचारपछि उनी घाइते पत्रकारको उपचार व्यवस्थापनमा जुटेका छन्।


आज महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो जग्गा प्राप्ति विधिसम्मत रहेको जानकारी गराएकै बेला कानुन व्यवसायीहरूले आक्रमण गरेको अध्यक्ष बन्जाराले बताए।

अध्यक्ष बन्जाराले वकिलहरूले वार्ता गर्ने कुरा गरे पनि ६२ जनाले मुद्दा हाल्न नाम लेखाएको भन्दै उनीहरूको नियतमाथि प्रश्न उठाए। उनले कानुन व्यवसायीहरूको यस व्यवहारलाई ’अराजकताको पराकाष्ठा’ र ’म नै सर्वेसर्वा’ भन्ने मानसिकताको उपज भएको आरोप लगाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.