वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले पदभार ग्रहण गर्दै गर्दा राजस्व बिभाग, १५ वटा ऐन खारेज गरेको र उधोगाी जेल बस्न नपर्ने घोषण गरेकामा वीरगंज उधोगा वाणिज्य संघले आभार प्रकट गरेको छ ।
अर्थमन्त्री वाग्लेको उपस्थितिमा आर्थिक वर्ष ०८३/०८४ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रम मार्फत संघले आभार प्रकट गरेको हो ।
संघका तर्फबाट अध्यक्ष हरि गौतमले मुलुकमा आम्दानी र खर्चको अनुपात नमिलेको र पूंजीगत खर्चकालागि रकम अभाव देखिएको चर्चा गर्दै अथमन्त्री वाग्लेलाई कठोर सुधारका कार्यक्रम ल्याएर त्यसलाई निर्ममतापूर्वक लागु गर्न सुझाव दिए ।
उनले मोफसललाई बिशेष सुविधा दिन माँग गर्दै २५ वर्षे दीर्घकालीन आर्थिक नीति आवश्यक रहेको बताए ।
उधोग क्षेत्रको बिकास गर्ने नै हो भने औधोगिक करिडोर सम्बन्धी ऐन कार्यान्वयन गर्नु पर्ने र उधारो उठाउने सम्बन्धी ऐन बनाउनु पर्नेमा जोड दिए ।
उनले भने उधोगी ब्यापारी इमानका साथ सामान आपूर्ती गर्ने तर सामान लानेले बेइमानका साथ उधोरो चुक्ता नगर्ने प्रवृतिका कारण धेरै उधोगीहरु समस्यामा रहेको चित्रण गरेका थिए ।
उधारो दिनेहरु नै कमजोर हुनु पर्ने जुन अवस्था छ त्यही अवस्था रहरिहने भने कसले काम गर्न सक्छ र अर्थमन्त्री ज्यू भन्दै भावुकता पूर्वक उनले प्रश्न गरेका थिए ।
उनले वीरगंजका उधोगी ब्यवसायी र संचारकर्मीलाई साक्षी राखेर अर्थमन्त्री सहित अर्थमन्त्रालयको उच्चपदस्थ नेतृत्वको टोलीलाई भने सीमा क्षेत्रमा २२ लाख नागरिक अनधिकृत कारोवारमा रोजगारी पाएर बसेका छन, प्रहरी प्रशासनले चोरी तस्करी नियन्त्रण गर्न चाहेर पनि सक्ने अवस्था छैन नीतिगत रुपमा यसलाई सम्बोधन गरिनु पर्छ ।
उनले जिएसटी र ढुवानी खर्च, भंसार महशुल र भ्याट राखेर सत प्रतिशत मिलाईदिएको दिनमा चोरी आफै सकिने सुत्र समेत सुझाए ।
उनले भने यसो गर्दा भन्सारमा अहिले भइरहेको झन्झट चाही हुनु हुदैन झन्झट भए चोरी गर्छौ त्यही सहज हुन्छ ।
उनले ऐनहरुमा जाहा निजीक्षेत्र मैत्री प्रावधानहरु छैनन त्यसलाई हटाउनु पर्ने बताए । भन्सार ऐनमा समय सापेक्ष परिमार्जन आवश्यक रहेको अध्यक्ष गौतमले औल्याए ।
उनले कच्चा पदार्थ र तयारी बस्तुको आयातमा लाग्ने करमा कम्तीमा १ तहको फरक हुनु पर्नेमा जोड दिए ।उनले बस्तु आयात गर्दा त्यसको गुणस्तरीयता जाँचकालागि वीरगंजमा स्तरीय ल्याव नभएको र परिक्षणकालागि काठमाण्डौ जानु पर्दा लागत बढ्ने बिषय उठाउदै वीरगंजमै अत्याधुनिक ल्याव निर्माणको माँग राखे ।
अध्यक्ष गौतमले भन्सार पेनाल्टी हटाउनु पर्ने फूल अडितको नाममा बार्गेनिङ भइरहेको बताउदै त्यसमा सुधार आवश्यक रहेको बताए ।उनले औधोगिक सम्पतीमा स्थानीय सरकारले बिभिन्न नाममा गुणडगर्दी पारामा करहरु लगाएर दुःख दिइरहेकोमा अर्थमन्त्री समक्ष आक्रोशयुक्त गुनासो राखे ।
उनले भारतीय पर्यटकलाई पाँच किलोमिटरमा पाँच ठाउँमा चेकजाँच गरिने प्रवृति पैसा उठानकालागि मात्र भएको बताए ।उनले यो काम रोकिनु पर्नेमा जोड दिए ।
श्रमऐन उधोगी बिरोधी भएको चर्चा गर्दै अध्यक्ष गौतमले श्रम ऐनका कारण एउटा लफूवाले आएर धम्की दिन्छ र उधोगी डराएर बस्नु पर्ने अवस्था छ भन्दै डरमा बस्ने मान्छेले कसरी लगानी गर्छ भन्दै प्रश्न गरे ।
उनले सरकारले उधोग कर लिने तर गुणत्मक बिजुली नदिने गजवको प्रवृति रहेको बताए ।
अध्यक्ष गौतमले बिदा कटौती हुनु पर्ने प्रस्ताव समेत राखे । नेपालमा औधोगिक क्षेत्रमा ३८ दिनको बिदा दिइदै आएको छ । कार्यक्रमको संचालन संघका महासचिव शिवजी कल्वारले गरेका थिए ।
तपाईको प्रतिक्रिया