वीरगञ्ज । नेपाल प्रहरीका प्रमुख दान बहादुर कार्कीले प्रहरीले नागरिकसंग अन्योन्याश्रीत रम्बन्ध राखेर काम गर्दै आएकोले प्रहरीसंग सौहार्दपूर्ण सम्बन्ध राखिनु पर्नेमा जोड दिएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन ।
“महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै” भन्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय (युएनओपीएस )अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी ) मार्फत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको हो ।
संगठन प्रमुख कार्कीले उनले प्रहरी र नागरिकवीचको सम्बन्ध राम्रो हुनु पर्ने कुराको अलाप गरेर मात्र नहुने चर्चा गर्दै त्यो अलापमा राग पनि हुनु पर्ने र संीत हुनु पर्ने बताए ।

उनले जीवनमा तीन ठाउँमा जानु नपरोस भन्ने कुराको हेक्का राख्न अपिल गरे । उनले भने लफडामा परेर प्रहरीमा जानु नपरोस मापसे लापसे गरेर दुर्घटनामा परि अस्पतालमा जानु नपरोस र कुनै मुद्धा मामिलामा परेर कोट कचहरी जान नपरोस भनेर सेचत हुन आग्रह गरे ।
यस्तो परिकल्पना गरौ र यसलाई सार्थक बनाउन वीरगंजबाटै शुरु गरौ यो सभ्यता निर्माणको शुरुवात वीरगंजबाटै होस उनले भने ।
उनले राम्रो शहर राम्रा घर चिल्ला गाडी मात्र समृद्धिको मानक नभएको चर्चा गर्दै हाम्रो भाष बोली स्वभाव पनि राम्रो हुनु आपवश्यक रहेको बताउदै त्यो भयो भने मात्र समृद्धिको खास अर्थ रहने बताए ।
प्रहरी प्रमुख कार्कीले सामाजिक सदभाव आजको आवश्यकता भएको यसलाई कायम गर्न सबैको भूमिका जरुरी रहेको बताए । उनले वीरगंजलाई बिशाल हृदय भएका मान्छेहरुको शहरको रुपमा चिनाउन अपिल समेत गरे ।
उनले प्रहरी अर्कै एलियनबाट आएको नभई यही समाजको अंग भएकोले प्रहरीलाईपनि सहानुभूती आवश्यक रहेको बताए । उनले प्रभावकारी सेवा प्रदान गर्ने दायित्व प्रहरीको भएकोले भाषगत शुद्धता, आफनो क्षेत्राधिकार ख्याल गर्न र समयमै काम गर्न मातहतलाई निर्देशन समेत दिए ।
मुलुकमा २ हजार ६ सय ६० स्थायी चौकी र १ हजार ३ सय ५६ अस्थायी चौकी रहेको बताउदै अहिले पनि धेरै चौकीहरु भवन बिहिन रहेको स्पष्ट पारे ।
पहिला चौकी नुहदा सम्म दौडधुप गर्नेहरु चौकी लगेपछि त्यसको ब्यवस्थापनमा देखा नपर्ने प्रवृति रहेको चर्चा गर्दै प्रमुख कार्कीले प्रहरीलाई कार्यसम्पादनमा क्षमताको बिकाससंग संगै पूर्वाधार बिकासको महत्व रहेको बताए ।
मुलुक र जनताकोलागि खटिएको प्रहरीकालागि बास बस्ने ,भान्सा, शौचालय जस्ता ठाउँ हुन आवश्यक रहेको उनले बताए । उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया ,पर्साका प्रहरी प्रमुख सुदीप पाठक लगायत विभिन्न सुरक्षा निकाय, न्यायिक क्षेत्र, स्थानीय तह तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय तथा लैङ्गिक समानता तथा सामाजिक समावेश अधिकारी कृति थापाको सहभागिता रहेको थियो ।
कार्यक्रममा समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य तथा निरन्तर संवादमार्फत दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइएको थियो । उद्घाटन समारोहको प्रारम्भमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया