logo

पटेर्वा बाट तानिएर अनुसन्धानमै रहेका घुमुवाको लिला, कार्यप्रगती देखाउन आउने भन्दै सन्देश पठाउदै

 इसीमाना सम्वाददाता     २०८३ भदौ ९ गते ०५: ३४ मा प्रकाशित     479   पटक पढिएको

                                                               तस्विरःएआईद्वारा बनाइएको हो 

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वामा कार्यरत रहदा अवैध असुलीको आरोपमा तानिएका  प्रहरीका घुमुवा श्रीलाल मण्डल,अनिल साह र सुशिल मण्डलले फेरी अर्को फण्डा फैलाएर आफनो असुली धन्दालाई निरन्तरता दिने षडयन्त्र शुरु गरेको अआरोप लागेको छ । 

 


अवैध असुलीमा लिप्त भएका घुमुवाहरुका बिषयमा संचार माध्यमले सार्वजनीक गरे पछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले तानेको थियो ।

 

 श्रीलाल पनि दुई कार्यकाल पोखरिया इलाका प्रहरी कार्यालयमा घुमुवाको रुपमा कार्यरत रहेका थिए ।

 

यसपटक भने उनीहरु पर्सा प्रहरी प्रमुखको अनुसन्धानको रडारमा परेका छन । उनीहरुलाई लागेको आरोपमा पर्सा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले उनीहरु अहिले पनि अनुसन्धानको क्रममा रहेको बताएका छन । 

 


तर अनुसन्धानमा रहेका घुमुवा प्रहरीले पर्साका प्रहरी प्रमुख पवन भट्टराईले आफूहरुलाई आगु औषधका कारोवारीलाई लागु औषध सहित पक्राउ गरेर आफनो कार्यकौशलता प्रर्दशन गर्न निर्देशन दिएको भन्दै आफू पहिला कार्यरत इलाका प्रहरी कार्यालय पटेर्वातिर खवर पठाएको स्थानीयले बताएका छन । 

 


पटेर्वाका प्रहरी निरिक्षक समुन्नत अधिकारीको निर्देशनमा अवैध असुलीमा संलग्न घुमुवाहरुले यस्तो खवर सम्प्रेषण गर्न लगाएर फेरी पनि अवैध ब्यापारमा लागेका त्यस क्षेत्रमा कारोवारीसंग अवैध रुपमा रकम असुल्ने प्रपञ्च मिलाईरहेको स्थानीयले लख काटेका छन ।

 

एक जना स्थानीय समाजसेवीले एसपी साव बाट आफूहरुहले लागु औषधका कारोवारीलाई पक्राउ गरेर राम्रो काम प्रर्दशन गर्ने आदेश पाएका छौ भनेर आफूलाई सुनाएको बताएका छन ।

 

तर पर्साका प्रहरी प्रवक्ता मल्लले अबैध असुलीको आरोप लागेर तानिएका ति घुमुवाहरुलाई कुनै जिम्मेवारी नदिइएको बरु अनुसन्धान चलिरहेको बताएका छन ।

इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक समुन्नत अधिकारीको कमाण्डमा घुमुवा रहेका मण्डलद्वयले भंसार राजस्व छली तथा कतिपय प्रतिवन्धित बस्तु नेपाल भित्र्याइने  कुखुरा, भैसी, कपडा, हार्डवेयर, रजनीगन्धा, चिनी, दुध पाउडर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, स्पेयर पार्टस, माछा लगायतका खाद्यान्न निर्वाध आयात हुन दिएका थिए । नेपालबाट गाँजा र रक्सी निर्यात गर्ने वतावरण  दिदै आएको स्थानीयले आरोप लगाएका छन ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.