logo

रसुवाको बाढीमा परि १६ जनाको मृत्यु,३८४ पर्यटक र बैकर्स समेत बेपत्ता

 इसीमाना सम्वाददाता     २०८३ भदौ १० गते ०६: ०० मा प्रकाशित     246   पटक पढिएको

काठमाण्डौ । रसुवाको बाढीमा परेका १६ जनाको शव फेला परेको छ।

 

बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।

 

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो पौने ३ बजेसम्म १६ जनाको शव फेला परेको हो।

 

रसुवामा एक जना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको शव फेला परेको हो।

 

यसरी फेला पर्नेमध्ये ७ जना महिला, ८ जना पुरूष र एक जना नखुल्ने प्रकारको शव छ।

 

रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन्।

No photo description available.

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन्।

 

बोर्डको प्रारम्भिक तथ्यांक अनुसार २ सय ९१ विदेशी र ९३ आन्तरिक पर्यटक सम्पर्कमा आउन सकेका छैनन्।

 

बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ।

May be an image of mountain

प्रभु, हिमालयन,  ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा,  लक्ष्मी सनराइज,  एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ।

 

नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले विभिन्न ठाउँमा उद्धारको काम गरिरहेका छन्। सम्पर्कविहीन भएकाहरूको हकमा पनि खोजी भइरहेको छ।May be an image of text

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.