logo

१ करोड ८६ लाखको लागतमा बन्ने बिद्यालय भवनको पूर्व साँसद हजराद्वारा शिलान्यास, डा.अन्सारी सम्मानीत

 इसीमाना सम्वाददाता     २०८३ भदौ १० गते ०६: ४६ मा प्रकाशित     892   पटक पढिएको

वीरगन्ज । एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको १४ कोठे सुविधा सम्पन्न विद्यालय भवनको बुधबार एक कार्यक्रमबीच पूर्व साँसद प्रभू हजरा र नेशनल मेडिकल कलेजका संस्थापक डा. जैनुद्दिन अन्सारीले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

 

नेपाल सरकारको एक करोड ८६ लाख ८ हजार १२१ रुपैयाँको लागतमा वीरगन्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय (श्रीपुर स्कुल) मा दुईतले विद्यालय भवन निर्माण हुन लागेको हो।

 

विद्यालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद हजराले विद्यालयमा बढ्दै गएको विद्यार्थीको चापलाई नयाँ निर्माण हुने सुविधा सम्पन्न भवनले सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

 

लामो इतिहास बोकेको श्रीपुर स्कुलमा अध्ययनरत विद्यार्थीका लागि कक्षाकोठाको अभाव रहेको जानकारी पाएपछि आफूले पहल गरी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भवन निर्माणका लागि रकम विनियोजन गराउन भूमिका खेलेको उनले बताए।

 

हजराले शिक्षा, स्वास्थ्य र खेलकुदको विकासबाट मात्रै समुन्नत समाज निर्माण गर्न सकिने भएकाले सरकारले यी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।


नेपालमा ठूलो संख्यामा मेडिकल कलेज स्थापना गर्नुपर्ने धारणा राख्दै हजराले विदेशबाट चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी आकर्षित गर्न सके नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए। 

 

हजराले वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले रोकिएको नयाँ भवन निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग माग गरे। 


कार्यक्रममा नेशनल मेडिकल कलेजका संस्थापक डा. जैनुद्दिन अन्सारीले विकासको पहिलो आधार शिक्षा भएकाले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

 

गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार र समुदाय दुवैको ध्यान जानुपर्ने उनको भनाइ थियो।

 

श्रीपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सिंह, वरिष्ठ पत्रकार जगदीश शर्मा, वीरगन्ज महानगरपालिका–११ का वडाध्यक्ष अजय चौरसियालगायतले विद्यालयको शैक्षिक पूर्वाधार तथा गुणस्तर सुधारमा जोड दिएका थिए।

 

कार्यक्रममा श्रीपुर माविका पूर्वविद्यार्थीसमेत रहेका डा. अन्सारीलाई विद्यालय व्यवस्थापन समितिले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.