logo

प्लाष्टिक मुक्त बीरगंज बनाउन नागरिकको आनीबानीमा परिर्वतन ल्याउनु पर्छः महानगर प्रमुख सरावगी

      7/30/2019 गते 00 00 मा प्रकाशित     1967   पटक पढिएको

बीरगंज १४ साउन । बीरगंज महानगरपालिकाले प्लाष्टिक मुक्त बीरगंजको अभियानलाई सफल बनाउनकालागि अभियान संचलान गर्ने भएको छ । एसडीसीसीको आयोजनामा आज बीरगंज महानगरपालिकामा भएको समन्वय बैठकमा महानगरका प्रमुख बिजय सरावगीले यस्तो जानकारी दिएका हुन ।

 

उनले प्लाष्टिकको प्रयोगलाई कम गर्दै लैजानकालागि नागरिकको मानसिकतामै परिर्वतन आउनु पर्ने कुरामा जोड दिए । उनले भने प्लाष्टिकको प्रयोग कम गर्नु भनेको मान्छेको आनी बानीमा परिर्वतन गर्नु हो । यो काम सजिलो त होइन तर गर्न नसकिने पनि होइन उनले भने आफनो समाजको हित र प्रगतीकालागि समाजका ब्यक्तिहरुले पहलकदमी लिन जरुरी  छ । उनले त्यतीबेला समाजले जाहा आफूलाई खोज्छ आफू त्याहा हुने प्रतिवद्धता जनाए । 


बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ ।

 

जथाभावी फोहर गर्नेलाई पाँच हजार देखि एक लाख रुपैया सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । दण्ड जरिवाना संग संगै नागरिक समाजले समेत सफा शहरका बिषयमा काम गर्दा त्यसको प्रभाव राम्रो हुने भएकोले बीरगंज महानगरले बिभिन्न सरोकारवाला संघ संस्थासंग मिलेर बीरगंज शहरलाई प्लाष्टिक मुक्त बनाउने अभियान चलाउने भएको छ । 


प्लाष्टिक नियन्त्रण पछि बिकल्पको उपलब्धता बीरगंजमे रहेकोले समस्या नपर्ने एसडीसीसीका कार्यक्रम प्रमुख जयनारायण चौधरीले बताए । जनकपुरमा नागरिक समाजको तर्फबाट शुरु गरिएको यो अभियानले सफलता पाउदे गएको युएनडिपीका प्रदेश २ का प्रमुख अर्जुन कुशवाहाले बताए । 
समन्वय बैठकमा प्रकृति संस्थाका जसपला सिंह, प्रकाश थारु लगायतले सुझाव ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.