logo

प्रभु हस्पिटललाई काउन्सिलको सफाई, सेवा सुचारु गर्ने   

      2/7/2020 गते 00 00 मा प्रकाशित     1470   पटक पढिएको

वीरगन्ज, २४ माघ । नेपाल मेडिकल काउन्सिलले वीरगन्जको प्रभु अस्पताल भएको मृत्यु प्रकरणमा अस्पतालको दोष नदेखिएको जनाएको अस्पतालले जनाएको छ ।

अस्पतालको सेवाको बारेमा जानकारी गराउन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका संचालक एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा लक्ष्मी थापाले अस्पताल माथि लागेको आरोप गलत प्रमाणित भएको पनि जानकारी दिनुभयो । डा. गुप्ताले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरेको समेत बताउनुभयो ।  

काउन्सिलको सफाई संगै अस्पतालमा पुनः शल्यक्रिया शुरु गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर गर्ने जनाएको छ । हस्पिटलले आज अस्पतालमै पत्रकार सम्मेलन गरेर फागुन ४ गते बिहान १० बजे देखि २ बजे सम्म अस्पताल परिसरमैै शिविर संचालन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं सर्जन डा. मनोज कुमार गुप्ताले शिविरबाट निम्न आय भएका व्यक्तिहरु बढी लभान्वित हुने बताउनुभयो । डा. गुप्ताले फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्टराई, फिजिसियन डा. उदयनारायण सिंह,डा. महेश्वर प्रसाद कुर्मी, फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा.रविन्स कुमार साह, डा. चन्द्रभुषण यादवले स्वास्थ्य परिक्षण गर्नेछन् ।

त्यस्तै फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम, डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह, डा.अमित ठाकुर, फागुन ७ गते बरिष्ठ नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधान, फागुन ८ बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.लक्ष्मी थापा गुप्ता, डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा. मनोज कुमारले चेकजाँच गर्ने जानकारी दिनुभयो ।

उहाँले शिविर अवधिभरी ओपिडिमा ५० प्रतिशत ,एक्सरे,भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख लक्ष्मी खरेलले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.