logo

कोरोना भाइरस  संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढ्यो,अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न मंत्रालयको  आग्रह

 इसीमाना सम्वाददाता     २०७८ सावन ७ गते ०८: ३२ मा प्रकाशित     1296   पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस  संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ। 

 

मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै  यस्तो चेतावनी दिएको हो । मंत्रालयले  तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि  आग्रह गरेको छ।

 

मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको पनि जानकारी दिएको छ। 

 

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सय  भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ। 

 

यस्तै, २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको पनि मन्त्रालयको भनाइ छ। 

 

संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेको देखिन्छ।

 

विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,  स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.