logo

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरू बैठक बस्दै , स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा छलफल हुने

 इसीमाना सम्वाददाता     २०७८ भदौ १८ गते ०४: ०९ मा प्रकाशित     1359   पटक पढिएको

काठमाडौं, / विश्व स्वास्थ्यसंगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमानमहामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको‘अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् ।

 

विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वीएशियाको चौहत्तरौं सत्र, विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा भदौ २१ देखि २५ सम्म आयोजना हुँदैछ ।

 

उक्त बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्यमुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार,दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

 

महामारीले पैदा गरेको जोखिमलाई मध्यनजरगर्र्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिकबैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरलहेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ ।

 

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिकोअनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागिखोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएकाबैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

 

सन् २०२३सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने,दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीकोस्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूकोसुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।

 

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यसक्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन्ः सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथायोजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिकाबालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापीपहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिमव्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलनगर्ने ।

 

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्याबसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगोबनाइरहेको छ ।

 

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुनेधनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा ररुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया रटिमोर—लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

 

नेपाल र म्यानमारले ट्राकोमाउन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ । थाइलेण्ड, श्रीलङ्का रमाल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी (सिफिलिस)को उन्मूलन गरेकोछन् । बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीलाई नियन्त्रण गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.