logo

नेपालमा स्थलमार्गको प्रयोग गरेर आउन थर्डकन्ट्री नागरिकलाई रोक

      3/10/2020 गते 00 00 मा प्रकाशित     1201   पटक पढिएको

काठमाण्डौ २७ फाल्गुण ।
नेपाल सरकारले  भारतको भूमि भएर आउने तेश्रो देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । मल्टीपल भिसा लिएर भारतकोबाटो हुदै स्थल मार्गबाट नेपाल आउन चाहनेहरुकालागि नेपाल सरकारले रोक लगाएको हो । यसैवीच  सरकारले कोरोनाको संक्रमण फैलिएका थप तीन देशका नागरिकलाई नेपाल आउन रोक लगाएको छ।

 

सरकारले कोरोना नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समितिले गत आइतबार स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन रोक लगाएको हो। 

 

यसअघि, सरकारले कोरोनाको संक्रमण फैलिएका चीन, दक्षिणकोरिया, जापान, इरान र इटलीका नागरिकलाई आउन रोक लगाएका थियो।

ती देशका नागरिकलाई नेपाल आउनैपर्ने अवस्था भएमा कोरोना संक्रमण नभएको  स्वास्थ्य सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने जनाएको छ।

 

नेपालबाट संक्रमण फैलिएका देशमा नजानका लागि पनि सरकारले आग्रह गरेको छ। त्यसैगरि, नेपाल आउदा स्थलमार्गको प्रयोग गर्न नपाइने निर्णय पनि गरिएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.