काठमाण्डौ १६ चैत । नेपालकालागि चिीनीया राजदुत होउ यान्छीले नेपाललाइृ आवश्यक परे चीनीया चिकित्सक समेत नेपाल बोलाउन सक्ने जानकारी दिनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा चीनबाट सहयोग स्वरुप आएको मेडिकल समाग्री हस्तान्तरण गर्दै उहाँले यस्तो जानकारी दिनु भएको हो ।
चिनियाँ दूतावास र सिचुवान प्रदेश सरकारले नेपालालई एन–९५ मास्क २ हजार, डिस्पोजेबल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, ग्लोब्स ५ सय, इन्फ्रारेड थर्मोमिटर १०० थान, पोटेक्टिभ क्लोथ ५ सय ३० र एक थान पोर्टेबल भ्यान्टिलेर लगायत सामान उपलब्ध गराएको छ।
त्यस्तै अलिबाला फाउण्डेसन र ज्याक्मा फाउन्डेसनले एकलाख एन–९५ मास्क र २० हजार पीसीआर मेसिन दिएको छ ।
चाइना इन्जिनियरिङ लिमिटेड, सिचुवान ह्वाङ्सी ग्रुप र ह्वाङ्सी सिमेन्टले पनि विभिन्न मेडिकल सामग्री दिएका छन् ।
कार्यक्रमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संकटको बेला छिमेकी मित्रको हिसाबले चीनले गरेको सहयोग नेपाली जनताले सधैं सम्झिरहने बताउनु भयो
तपाईको प्रतिक्रिया