काठमाडौं १५ चैत । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमीत भएको कोही भेटिएको छैन । शनिवारको सवा ४ बजे पछि आइतवारको २४ घण्टा भित्रमा कोही पनि संक्रमीत फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले जानकारी दिनु भएको हो ।
नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित भेटिएको छैन।
हालसम्म ९ सय १७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा नेगेटिभ देखिएको उहाँले बताउनु भयो ।
शनिबार बागलुङकी एक युवतीमा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिएकी पाँचौ संक्रमित हुन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
धनगढीको सेती अस्पतालमा एक जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामन्य रहेको छ।
नेपालमा पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्।
तपाईको प्रतिक्रिया