logo

चिकित्सक सहित चार स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि,९३ जना संक्रमीत घरमै

वीरगञ्जमा बुधवार गरिएको परिक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी  सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

7/29/2020

बीरगंजमा थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि

फ्रनटलाईनमा रहेर कोरोना संक्रमण बिरुद्ध खटिएका सेना, प्रहरी सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

7/29/2020

थप १५ जना संक्रमीत,अस्पताल अभाव, घरमै आइसोलेटेड,कार्यविधिको पालना भएन 

पछिल्लो पटक पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

7/28/2020

कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि 

हिजो मृत्यु भएका ६५ बर्षीय भारतीय व्यक्ति बाहेक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना भाईरसको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

7/27/2020

बीरगंजमा समुदाय स्तरमा कोरोना भाइरसको परिक्षण शुरु पहिलो दिन ३ सय ७१ जनाको स्वाब संकलन

बीरगन्ज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट यो काम शुरु गरिएको हो ।

7/26/2020

पर्सामा कोरोनाको जोखिम बढ्दै, दुईजना चिकित्सक सहित १७ जना नयाँ संक्रमित, लकडाउनको तयारी

२ डाक्टर, २ उपचाररत विरामी लगायत थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । संक्रमितहरुमध्ये १३ जना पुरूष र ४ जना महिला (१५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका) छन् । उहाँहरू सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो । अधिकांश यात्रा इतिहास नभएका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

7/23/2020

बारा पर्सामा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,अस्पतालमा रहेकामा लक्षण देखिदै

बाराका ४६ जना र पर्साका ४ जनामा कोरोजा भाइरसको संक्रमणको पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा यो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो  । 

7/20/2020

पर्सामा तीनमा कोरोनाको संक्रमण पुष्टि,स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन प्रशासनको आग्रह

पर्सामा आज थप तीजनामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ ।बीरगञ्जमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना सँक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भयो

7/17/2020

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुर मेडिकल कलेजबाट डा. वर्मासहित चार जना गिरफ्तार

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।

7/11/2020

नारायणी अस्पतालमा  शुल्क लिएर कोरोना भाइरसको परिक्षण शुरु

बीरगंजको नारायणी अस्पतालले शुल्क लिएर कोरोना भाइरसको परिक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।

7/9/2020

कोरोना बिरुद्धको संघर्षमा औधोगिक समुहद्वारा २५० थान पीपीई हस्तान्तरण,संकटमा बीरगंजको समाज एकः महानगरप्रमुख

बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको काममा संलग्न स्वास्थ्यकर्मीहरुकालागि नीजि क्षेत्रले स्वास्थ्य सुरक्षा सामाग्री उपलध्ग गराएको छ । 

7/2/2020

महानगरपालिकालाई ४५ सय भीटीएम किट हस्तान्तरण 

वीरगन्जका तीनजना व्यवसायीले कोरोना भईरस कोभिड–१९ परीक्षणमा प्रयोग हुने भीटीएम किट वीरगन्ज महानगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको छ । महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि पीसीआर मेशिन खरिद गरेपछि कोरोना परीक्षणका लागि आवश्यक ४ हजार ५ सय भीटीएम किट वीरगन्ज महानगरपालिकालाई तीनजना व्यक्तिले उपलब्ध गराएको हो ।

6/30/2020

महानगरले खरिद गरेको पीसीआर मेशिनबाट परीक्षण शुरु  

कोरोना भाईरस संक्रमण परीक्षणका लागि वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन संचालनमा आएको छ । महानगरपालिकाको आह्वानमा वीरगन्जका उद्योगी व्यवसाय, विभिन्न संघ संस्था तथा नागरिकहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन असार ६ गते वीरगन्ज आईपुगेको थियो ।

6/26/2020

गण्डक कोभिड अस्पतालबाट ११ जना डिस्चार्ज 

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पताबाट डेढ वर्षका बालक सहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । 

6/22/2020

महानगरपालिकाद्वारा पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण 

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

6/20/2020

वीरगन्ज महानगरको पीसीआर मेशिन आइपुग्यो, महानगरको अभियान सफल

सम्पूर्ण पर्सावासीको साथ र सहयोगबाट पीसीआर मेशिन खरिद गर्न सफल भएको र यसले परीक्षणको दायरा बढाई वीरगन्ज सहित पर्सालाई नै ग्रिनजोनमा ल्याउने बताउनुभयो । विभिन्न बाधा अवरोधकाबीच पनि वीरगन्जका उद्योगी व्यवसायी, पर्सेली जनताको साथ र सहयोगले महानगरपालिका आफैले अब कोरोना परीक्षण गर्ने र नागरिक स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार भूमिका निर्वाह हुने पनि उहाँले बताउनुभयो । राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आपूmले कोरोना भाईरस महामारी विरुद्ध लडेको बताउदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।  

6/20/2020

महानगर प्रमुख सरावगीद्वारा वडा नम्बर १८ को वडा कार्यालय भवन उदघाटन

वीरगन्ज महानगरपािलकाकाको वडा नम्बर १८ को नवनिर्मित भवनको आज उदघाटन गरिएको छ । महानगर प्रमुख विजय कु सरावगीले वडा नम्बर १८ भवानीपुरमा निर्मित वाडा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो।

6/18/2020

पर्साबाट ८ जना कोरोनालाई जितेर घर गए 

पर्सामा आज ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

6/18/2020

४४८ संक्रमित थपिए, संक्रमित ५ हजार नाघ्यो 

कोरोना भाईरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै   संक्रमितको संख्या ५ हजार नाघेको छ ।

6/12/2020

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्ने उपायहरु 

अहिलेको समय को चुनौती भनेको बढी भन्दा बढी केस पत्ता लगाउने र समाजमा रोग फैलिन नदिने !!!

6/6/2020

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.