logo

दोषी चिकित्सकलाई  हदै सम्मको कारवाही गर्न नेपाल  चिकित्सक संघ नारायणीको माँग

      8/25/2020 गते 00 00 मा प्रकाशित     1308   पटक पढिएको

रेम्डेसिभिर औषधीको कालोबजारीमा चिकित्सकको कुनै संलग्नता  पुष्टि भएमा त्यस्त चिकित्कसलाई हदै सम्मको कारवाही गर्नकालागि नेपाल चिकित्सक संघ नाारयणी शाखाले सम्बन्धीत निकायहरुसंग माँग गरेको छ ।

 

संघका अध्यक्ष डा.अरुण कुमार सिंहले एक बिज्ञप्ति जारी गरि यस्तो माँग गर्नु भएको हो ।  उहाँले ठोस अनुसन्धान गरि दोषी पाईएमा त्यस्ता चिकित्सकलाई कारवाही गर्न माँग गर्नु भएको हो । 

कोरोना संक्रमीत बिरामीका  उपचारकालागि  चिकित्सककै सुझावमा यो औषधी प्रयोगमा आएको हो । नेपालमा यसको आयातको बिषयमा समस्या थियो ।

 

यो औषधी नेपालको औषधी ब्यवस्था बिभागमा दर्ता थिएन । दर्ता नभएका कारण बैधानिक आयात नहुता यो औषधी अनधिकृत बाटो भएर नेपाल आउथ्यो । तस्करीको माध्यमले आउने भएकोले पनि यो निकै महंगोमा बिक्री बितरण भइरहेको थियो ।

 

नेपाल चिकित्सक संघका केन्द्रीय सचिव डा. निरज सिंहले आज भन्दा १९ दिन अगाडि आफनो सामाजिक संजालमा यो औषधीको दर्ता गर्न माँग गर्दै तुरुन्त आयातको ब्यवस्था मिलाउन माँग गर्नु भएको थियो । 

 


कोरोना  भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको तयारी प्रति असन्तोष ब्यक्त गर्दै सिंहले लेद्यनु भएको थियो “कोरोना माहामारी भित्रीएको झन्डै ५ महिना बितिसक्दा पनि, यस रोग को उपचार मा सबै भन्दा प्रभाबकारी ५ हजार पर्ने   औषधी  रेम्डेसिभिर तस्करसंग ४० देखी ५० हजार रुपैयामा किन्नु पर्ने गैरकानूनी काम गर्न बाध्य नबनाईदिनुस । 


डा. सिंहले लेख्नु भएको थियो ओषधी ब्यवस्था बिभागमा दर्ता गरेर आयात गर्ने हो भने  ८ हजार रुपैया सम्ममा बिरामीले किन्ने अवस्था बन्छ र आर्थिक भार पनि कम हुन्छ । डा. सिंहले उठाएको आवाज यतिवेला सरकारले सुनेर यो औषधी अव बैधानीक बाटो भएर आइरहेको छ । 


नेपाल चिकित्सक संघ नारायणीले भने बिभिन्न् संचार माध्यममा यो औाषधीको कालोबजारीमा चिकित्सकहरुको समेत नाम जोडिएर आएको पाइएपछि आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

संघले आफना आजीवन सदस्यहरुलाई कालो बजारीमा संलग्न रहेको भन्दै प्रकाशमा आएका समाचारका कारण आफूहरु आहत भएको उल्लेख गरेको छ । ज्यानको जोखिम लगाएर उपचार सेवामा संलग्न चिकित्सक स्वासथ्यकर्मीलाई यतिवेला हौसलाको खाँचो रहेको छ । समाचारको सत्यतालाई सम्मान गर्ने भन्दै संघले त्यस्तै समाचार प्रकाशनको आग्रह समेत गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.