logo

बारा जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै जिलला भरि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी

      8/16/2020 गते 00 00 मा प्रकाशित     1258   पटक पढिएको

बारामा भदौ १ गते बिहान ५ बजेदेखी जिल्ला भरि निषेधाज्ञा लाग्ने भएको छ । यस अघि साउन १८ गते बिहान ५ बजे देखि सीमीत क्षेत्रमा अनिश्चित कालिन निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

 

आइतवार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकबाट जिल्ला भरि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिलला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनु भयो । 

 
जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले त्यसको रोकथाम र नियन्त्रणकोलागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले  जानकारी दिनु भयो  ।

 

 अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तैः विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु चारपांग्रे तथा मोटरसाइकल समेत लाई पुर्ण रुपमा संचालन बन्देज लगाउने आदेशमा उल्लेख छ ।

 

निषेधाज्ञा अवधीभर औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ । खाद्यान्न, ग्यांस, इन्धन, दूध डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा विकी वितरण नगरी साईकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान ८ बजेसम्म मात्र विक्री वितरण गर्ने ।

 छिमेकी मित्रराष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने । सार्वजनीक रुपमा सभा जुलुसहरु गर्न नपाइने  ।

 

मोटरसाइकल लिएर हिडडुल समेत गर्न नपाइने गरि आदेश जारी भएको छ । आदेशको पालना नगरेमा स्थानीय प्रशासन ऐन  ०२८ र रोग संक्रामक ऐन २०२० अनुसार कारवाही गरिने समेत आदेशमा उल्लेख छ । आदेशमा औधोगिक करिडरमा रहेका उधोगहरुको बिषयमा के हुने भन्ने बिषयमा उल्लेख छैन । यस अघिको आदेशमामा मापदण्ड पुरा गरेर उधोग संचालन गर्न मिल्ने उल्लेख गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.