logo

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा थप दुईजनाको निधन

      9/1/2020 गते 00 00 मा प्रकाशित     1054   पटक पढिएको


बीरगंजमा पहिचान नखुलेका एक ब्यक्तिको कोरोना संक्रमणका मृत्यु भएको छ । नारामा उपचार भइरहेका ति ब्यक्तिको  सोमवार राती मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताउनु भयो ।

 

अन्दाजी ६० वर्षिय पुरुषको राती पौने नौ बजे मृत्यु भएको हो । मृत्युपछि गरिएको जिन एक्सपर्ट टेस्टमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको डा.चौरसियाले बताउनु भयो ।

 

बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई कोभिड एक्सन टिमका युवाहरुले  शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । मृतकको पहिचान नखुलेको डा . चौरसियाले बताउनु भयो । 

 

यसैगरि नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा ६ दिनदेखि उपचार गराई रहनु भएका बाराको कोल्भी नगरपालिकाका ६० वर्षिय पुरुष आज बिहान पौने ५ बजे मृत्यु भएको छ ।

 

उहाँलाई भदौ १० गते कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको डा. चौरसियाले बताउनु भयो । मधुमेह र दमको समस्या रहेका उहाँलाई सीप्यापमा राखेर (समी भेन्टिलेटर ) उपचार गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.