logo

पर्सामा थप ३१ जनामा संक्रमण पुष्टि , ५ सय ८६ जना घर फर्किए

      8/29/2020 गते 00 00 मा प्रकाशित     1291   पटक पढिएको

पर्सामा शुक्रवार साँझ सम्मको पछिल्लो तथ्याकं हेर्दा  ५ सय ८६ जनाले कोरोना संक्रमणलाई परास्त गरेर घर फर्किएका छन ।

 

कोभिड अस्पतालमा १ सय ३१ जनाले उपचार गराई रहेका छन  भने  ८ सय १९ जना होम आइसोलेशनमा रहेका छन । त्यस्तै सामुदायिक आइसोेलेशन केन्द्रमा ३ सय १९ जना रहेका छन । 

 

नारायणी अस्पतालले शुक्रबार अबेर राति सार्वजनिक गरेको विवरण अनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण देखिएको छ ।

 

 पोखरिया नगरपालिकाका १० जना, कालीकामाई गाउँपालिकाका ३ जना र बाकी सबै वीरगञ्जको विभिन्न वडाका बासिन्दा हुन ।


त्यसैगरी बाराका ८ जनाज धनुषाका ४ जना, महोत्तरीका ३ जना, रौतहटका १ जना, सर्लाहीका २ जना र काठमाडौँमा १ जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमितमा १५ वर्षका युवादेखि ५६ वर्षका वृद्धसम्म रहेका छन् ।

 

थपिएका सङ्क्रमितहरुको सिटी भ्यालु १५ देखि ३२ सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अटुलेशकुमार चौरसियाले जानकारी दिनु भयो  ।अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.