logo

एमालेका गिरी ,खवास, थापा र जसपाका कुर्मी बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ १ गते ०५: २६ मा प्रकाशित     382   पटक पढिएको

४ सय ४७ मत प्राप्त गरी पोखरिया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रमोद गिरी बिजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राजु बाबु गिरीले २ सय ६७ मत प्राप्त गरेका छन् ।निर्वतमान वडाध्यक्ष बंका राउत वंका राउत कुर्मीले २ सय ३८ मत प्राप्त गरेका छन । उनी लासपाबाट उम्मेदवार भएका थए । जसपा नेपालका चन्द्रभुषण प्रसादले १ सय ३५ मत प्राप्त गरे ।

 


त्यसैगरि ठोरी गाउँपालिकाको वडा नं १मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन् । उनले ६५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाएका छन् ।

 

यसैगरी जिराभवानी गाउँपालिका वडा नं १ महादेवपट्टीमा नेकपा एमालेका उम्मेदवार रामशरण खवास १ हजार २ सय ८८ मत प्राप्त गरी वडाध्यक्षमा बिजयी भएका छन । उनको प्यानलनै बिजयी भएको हो ।

 

उनका प्रतिद्वण्दी नेपाली कांग्रेसका उम्मेदवार निर्वतमान अध्यक्ष शेख नुमान आजमले ९ सय ३३ मत प्राप्त गरेका छन । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका अनोज चौधरीले ४८ मतले अग्रता लिएका छन । उनले १ हजार १ सय ४४ मत प्रााप्त गरेका छन । उपाध्यक्षमा उमालेका उषा थारुले २० मतको अन्तरले अग्रता लिएकी छिन । उनले १ हजार १ सय ३८९ मत प्राप्त गरेकी छिन ।

 

त्यसैगरि धोबीनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा जसपाका देवेन्द्र प्रसाद कुर्मी सहित प्यानलनै बिजयी भएको छ । उनले ८ सय ७५ मत प्राप्त गरेर जीत निकालेका हुन । उनका निकटतम प्रतिद्वण्दी नेकपा एमालका उम्मेदवारले ४ सय ९१ मत प्राप्त गरेका छन । गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जसपाले नै अग्रता लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.