बीरगंज । नेकपा माओवादी केन्द्रका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बीरेन्द्र यादव , मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमद, जगरनाथपुर गाउँपालिकामा जसपाको तर्फबाट गएको निर्वाचनमा अध्यक्षका प्रत्यासी कृष्णमोहन यादव लगायतका नेताहरु माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुगेर पार्टी अध्यक्ष के.पी.ओलीबाट टिका ग्रहण गरि एमाले प्रवेश गरेका हुन ।
नेतहरुको एमाले प्रवेशले पर्साको क्षेत्र नं ४ को राजनीतिमा महत्व राख्दछ । एक वर्ष अगाडि मात्र जसपा परित्याग गरि नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय आकंक्षालाई नेकपा एमालेको नेतृत्वमा मात्र पुरा गर्न सक्ने बिश्वासका कारण आफूहरु एमालेमा प्रवेश गरेको नेताहरुले बताएका छन ।
मधेश आन्दोलनमा बाट स्थापित नेताहरुको नेकपा एमाले प्रवेशले मधेशमा खास अर्थ राख्ने गरेको छ ।
तपाईको प्रतिक्रिया