logo

बढदो हत्या घटना प्रति साँसद मैनालीको चिन्ता, अपराधीक घटना नियन्त्रणकालागि संसद मार्फत सरकारसंग माँग

 इसीमाना सम्वाददाता     २०८१ असार ३ गते ०३: ०० मा प्रकाशित     521   पटक पढिएको

काठमाडौं । मधेश प्रदेशमा बढदै गइरहेको अपराधीक गतिविधि प्रति प्रतिनिधि सभामा चासो र चिन्ता ब्यक्त गरिएको छ । बाराको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साँसद नेकपा एमालेका नेता अच्यूत मैनालीले मधेश बढदै गएको हत्याको घटनाको चर्चा गर्दै नियन्त्रणकालागि सरकारको ध्यानाकर्षण गराएका हुन ।


आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मैनालीले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै सरकारलाई आवश्यक ध्यान आग्रह गरका हुन । भारतसंगको खुला सीमाका कारण सुटरहरु नेपालमा आइ हत्या गर्ने, भारत प्रवेश गर्न प्रवृति बढेको उनले बताए ।


उनले अपारधीलाई कानूनी दायरामा ल्याउन प्रभावकारी कदम चाल्न माँग गरे । बारामा पछिल्लो पटक क्याम्पस प्रमुखको हत्याको घटना एक वर्षको अवधीकमा चौथो भएको बताए ।

गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार गरि हत्या गरिएको थियो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरिएको थियो ।

साँसद मैनालीले भारतसंगको खुला सीमाको प्रयोग गरेर सुटर भारतबाट आएर नेपालमा अपराध गर्ने भएकोले मधेसको सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् ।

मधेसमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरु बिस्थापित हुनुपर्‍यो । त्यो पीडालाई बिर्सिएर मधेस संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रुपमा छ ।

यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता बढाउन उनले माँग गरे ।

उनले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.