logo

पटेर्वा सुगौलीको नीति तथा कार्यक्रम सार्वजनीक , पालिकालाई धार्मिक पर्यटकको गन्तब्य बनाउने अध्यक्ष चौधरीको उद्धघोष 

      7/9/2021 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकालाई पर्यटकीय गन्तब्यको केन्द्र बनाउने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । 


पर्यटककालागि गन्तब्य बनाउने स्थानमा यो आर्थिक वर्षमा पूर्वाधार निर्माणमा काम गरिने गरि नीति बनाइएको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो । 


आगामी आर्थिक वर्षकालागि गाउँपालिका उपाध्यक्ष ममता महतोले ३६ करोड ८९ लाख २६ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको छ  । 

 

पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, लाई बजेटमा प्रथामिकताका साथ उल्लेख गरिएको छ ।  प्रसिद्ध धार्मिक स्थलहरु दुग्धेश्वरनाथ महादेव (भाठा बाबा मन्दिर)गादीमाई मन्दिर, भौरीमाई मन्दिर, बनशक्तीमाई मन्दिर लगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति लिइएको छ ।

गाउँपालिकाको स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर र घरघरमा स्वास्थ्य सेवा प्रदान, गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था, गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा, गर्भवती महिलालाई पोषण भत्ताको व्यवस्थाका उच्च शिक्षा र प्राबिधिक शिक्षा लाई पहिलो प्राथमिकता ,साथै युवाहरुका लागि आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्ने नीति छ ।कोरोना कहरको कारण प्रभावित भएका क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने अभिप्रायले गाउँपालिकाले बजेट तयार पारेको पालिकाका अध्यक्ष चौधरीले बाउनु भयो ।

 

गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्मका कामहरु गर्ने र जनतालाई स्थानीय सरकारको आभाष गराउने प्रयास आफुले शतप्रतिशत गरेको अध्यक्ष चौधरीको दावी रहेको छ ।

 

नीति तथा कार्यक्रममा  वडाअध्यक्ष फरमान मियाँ बिजय गैरे, माधव राउत थारु ,राजेश्वर महतो ,मोतिलाल साह,गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, कार्यपालिका सदस्य गाउँ गाउँपालिकाका सदस्य , योजना साखा प्रमुख राजकुमार चौधरी, बिरेन्द्र चौधरी , निर्मल कुमार, ईन्जिनियर प्रदिप चौरसिया,स्वास्थ्य संयोजक जगरनाथ साह, कर्मचारी, स्थानीय सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।कार्यक्रमको संचालनक शिक्षा शाखा प्रमुख शम्भु साहले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.