logo

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

आनन्द स्वरूप बर्मा 

      5/22/2020 गते 00 00 मा प्रकाशित     1863   पटक पढिएको

कुरा हिजोको हो
टेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो( “भारतको खान्छौ, चीनको गीत गाउँछौ।” त्यसपछि शुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीनजना समाचारवाचकद्वारा आक्रमण ती समाचारवाचक जसले हरेक बिहानी एबीपी न्यूज च्यानलमा ‘नमस्ते भारत’ नामक कार्यक्रम चलाउँछन्। सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग भन्दै नेपालद्वारा जारी नक्साका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएको ट्वीटबारे मनीषाले गरेको एउटा ट्वीट। त्यसमा उनले लेखेकी थिइन्, “हाम्रो सानो देशको गरिमा राखेकोमा धन्यवाद।

 

तीन महान् देशीबीच शान्तिपूर्ण र सम्मानजनक संवादको हामीले अपेक्षा गरिरहेका छौँ।” बस् यति नै। अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गरेको एउटा टिप्पणी।


समाचारवाचक विकास भदौरियाले भारतमा मनीषा कोइरालाले अथाह पैसा र नाम कमाएको भन्दै अहिले आएर उनी भारतविरुद्ध चीनको पक्षमा उभिइन् भन्ने कुरा गरे।

उनले भने, “खान्छन् भारतको तर गीत गाउँछन् चीनको।” यी समाचार च्यानलहरूको बौद्धिक दरिद्रता देखेर आश्चर्य लाग्छ। के अब समाचार च्यानलमा पढेलेखेका सम्पादकको अस्तित्व नै छैनरु के अनपढहरूको जमातले नै कुन कुरा प्रसारण हुने र कुन कुरा नहुने भन्ने निर्धारण गरिरहेका छन्रु अथवा हरेक च्यानलमा पढेलेखेका सीमित मानिसहरू मौन बस्न अभिशप्त छन् .।


यी प्रश्नहरूका जवाफ दिँदै मेरा एक युवा पत्रकार मित्रले भने, खासमा मोदी सरकार आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘देशद्रोही’ कित्तामा बाँड्न शुरू भएको छ।

 

यो तिनै कित्ताभित्र हरेक समाचारलाई ढाल्ने कुरा हो। एउटा मापदण्ड के बनिरहेको छ भने समाचारलाई त्यसरी प्रस्तुत गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ। जसलाई साँच्चै पत्रकारिता गर्नुछ उनीहरूले यी च्यानलहरूभन्दा बाहिर विकल्प खोजून्।


दिउँसो भएपछि यी र यस्ता समाचारहरू बहसको रूप लिने च्यानलमा लगभग चलन नै भइसकेको छ। समाचारको बागडोर च्यानलको सबैभन्दा समझदार र अनुभवी वाचिका रोमाना इसार खानको हातमा पुग्यो तर उनले पनि बिहानमा जस्तै त्यो समाचारलाई प्रस्तुत गरिन्।

रोमानालाई पनि लागिरहेको थियो कि मनीषालाई भारतले सबैथोक दिए पनि अहिले उनी चीनको पक्षमा उभिएकी छन्।


एक समझदार समाचारवाचक सत्ताको दबावमा कसरी जानी(नजानी मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने कुराको एउटा गतिलो उदाहरण रोमाना हुन्।

 

रोमानाको प्रश्न थियो( “७० वर्षको अवधिमा के पहिलो पटक नेपालले भारतसँग टाउको उठाएर कुरा गर्ने कोशिश गरिरहेको छरु” यो वाक्य कुनै पत्रकारको हुनै सक्दैन, बरू एउटा सानो छिमेकी देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका कुनै सदस्यको मात्र हुन सक्छ।


कार्यक्रममा दुईजना अतिथि थिए( भाजपाका प्रेमशङ्कर शुक्ला र भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल जीडी बक्शी। दुवै जनालाई नक्सा प्रकरणबारे पूर्ण जानकारी थिएन।

 

चीन र पाकिस्तानविरुद्ध त विनातयारी जतिबेला पनि बोल्न सकिन्छ। दुवै अतिथिले चिनियाँ षड्यन्त्रबारे कुरा गरे र जनरल बक्शीले त्यसका लागि अघिल्लो सरकारको आलोचना गरे।

 

अघिल्लो सरकारले जेएनयूका वामपन्थीहरूलाई नेपाल पठाएर माओवादीहरूलाई बलियो बनाउन लगाएको र त्यसको मूल्य अहिले चुकाउनुपरेको उनले आरोप लगाए। यो ग्रहकै “एक मात्र हिन्दूराष्ट्र” लाई बचाउन गुहार गर्दै उनले आफ्नो ज्ञानको अवस्था प्रदर्शित गरे। कार्यक्रमका अर्का ज्ञानी अतिथि शुक्लाले नेपालका पूर्वमाओवादी नेता प्रचण्डलाई जेएनयूले हुर्काए बढाएको राजनीतिक रूपमा  बताए।


जबकि जेएनयूसँग प्रचण्डको कहिल्यै कुनै साइनो नै भएन। निःसन्देह बाबुराम भट्टराईले त्यहाँ पीएचडी गरेका हुन्। समाचारवाचिका रोमानालाई यो लागेको हुनुपर्छ कि कार्यक्रमका ती दुई अतिथिलाई धेरैबेर स्क्रीनमा स्थान दिइराख्न उपयुक्त नहुन सक्छ। अतः उनले दुई जनाको आरोपबारे जवाफ दिन विपक्षी दल कांग्रेसका कोही उपस्थित नभएको भन्दै कार्यक्रमको समापन गरिन्।


त्यो टेलिभिजन कार्यक्रममा तर्कपूर्ण ढङ्गले यो कुरा हेर्न पाइएन कि कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दुई देश कहाँ चुके जसका कारण स्थिति तनावपूर्ण हुन पुग्यो।

 

समय छँदै संवादमार्फत् किन समस्याको समाधान खोजिएनरु नेपालका दुई छिमेकी देश छन्( भारत र चीन। के कसैले यो विषयमा चर्चा गरे कि भारतसँग सांस्कृतिक, सामाजिक र भौगोलिक निकटता हुँदाहुँदै नेपाल किन चीनसँग नजिकिँदै गएको भान हुँदैछरु यी कुराहरू नगरेर चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको भन्नु समस्याको गहिराइसम्म पुग्नबाट पन्छिनु मात्रै हो।


वास्तवमा कालापानीमा भारतले र लिपुलेकमा चीनले नेपाललाई डसेको छ। यो कुरा शासक र तिनका पिछलग्गु पत्रकारले बुझून्। सानो देश सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊन्। कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतका आधारमा कुनै देशको सम्प्रभुतालाई मापन गर्न मिल्दैन। जबसम्म यो कुरा बुझ्दैनौ तबसम्म छिमेकीबाट घृणा पाइरहन्छौ।

भारतीय बरिष्ठ पत्रकार आनन्द स्वरूप बर्माको लेखको भावानुवाद  पत्रकार गनी अन्सारीले गर्नु भएको हो । यो आलेख उहाँकै सामाजिक संजालबाट लिइएको हो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.