logo

कोरोना ,शिक्षा र गाउँपालिका 

केशव प्रसाद रेग्मी

      6/5/2020 गते 00 00 मा प्रकाशित     1329   पटक पढिएको


अघिल्लो अंकमा  केही शिक्षाका सुचकहरु र ती सुचकलाइ कोरोनाले प्रभाव पार्नसक्ने बिषयबस्तुहरुलाइ उजागर गरिसकेको छु।

आज कोरोनाको कहरबाट कसरी गाउँपालिकाको शिक्षालाइ कम्तिमा यथास्थितिमा राख्न सकिन्छ भन्ने तर्फ आफ्ना निजि बिचारहरु राख्ने प्रयास गरेको छु । 


जेष्ठ २३ ,२०७७ अर्थात शैक्षिकसत्र २०७७ को ५४ औ दिन बित्दैछ,देश अझै लकडाउनमा छ। संघीय सरकारका संघीय शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले हालैमात्र एक कार्यक्रम बिच शैक्षिक संस्था यति छिट्टै खुल्दैनन भन्दै बैकल्पिक तरीकाबाट कक्षा चलाउने निर्देशन दिनुभएको छ।यस सन्दर्भमा मेरा निजि बिचारहरु युक्तिसंगत नहुनपनी सक्छन् ।त्यैपनी हालसम्म कोरोना संक्रमित नभएका स्थानीय तहहरुमा सावधानी अपनाएर पठन पाठन गर्न सकिने तर्फ इंगित गरेको छु।'


गरिबी,प्राकृतिक प्रकोप ,महामारी,युद्ध,शारीरिक वृद्धि,तथा फरकपन ,रुचि,क्षमताका कारण बालबालिकाले बिद्यालय छोड्ने गरेको तथ्य बिज्ञहरुले खोज गरेका छन।इबोलाका कारण,युद्धका कारण ,भुकम्पका कारण अफ्रिकी मुलुक,अफगानिस्तान ,सिरिया जस्ता मुलुकहरुमा गरिएको अनुसंधानले ३०र४० प्रतिशत बालबालिकाहरु लामो समय शैक्षिक संस्थाहरु बन्द हुदा बिद्यालय नफर्केको कुरो जनाएका छन।
बास्तवमा शिक्षाकै कारण गरिबी निवारण ,आर्थिक वृद्धि ,शिशु मातृ मृत्युदर कमहुने,कुपोषण दर कम हुने,द्वन्द र विभेद कम हुने,सीप र योग्यता वृद्धि हुने,असमानता बिरुद्ध चेतना वृद्धि हुने,जोखिम न्यून,लैङ्गिक तथा जातिय विभेद,घरेलु तथा सामाजिक हिंसा न्यून भै मानव मूल्य र मानवता सहितको सुसंस्कृत,सुसुचित,सुशासन , सुब्यवस्थित सभ्य र शिक्षित समाजको स्थापना गर्न सहयोग पुग्दछ ।

 

जुन मानव बिकास सूचकांकका सुचकहरु अन्तरगत पर्दछ।हाम्रो देश अहिले ०.५७४ सहित एचडीआई मा मध्यममा उक्लिएको छ,।यस अवस्थामा हामीले शिक्षालय खोलेर बालबालिकालाई भित्र्याउन  र टिकाउन नसक्नेहो भने मध्यमको बिल्ला आगामी दिनमा खोसिने निश्चित नै छ।


यसर्थ यस अवस्थामा कोरोना संक्रमितको अवस्था हेरि रेड,एलला् र ग्रिन जोन  छुट्टाएर अलग अलग कार्याबिधीबाट बालबालिकाहरुलाइ शिक्षालयको दायरा भित्र ल्याउन ढिला गर्नुहुदैन।


हामी रहेको ठाउँ नेपालको प्रदेश नं २ अति उच्च जोखिम युक्त क्षेत्रको उच्च जोखिम जिल्लाको ठोरी गाउँपालिका संबेदनसिल अन्तर्गत पर्दछ । तापनी हाल सम्म संक्रमित संख्या नभेटिएको र भारत र अन्य देश बाट आउने दाजु भाइ दिदी बहिनीहरुलाइ सुरक्षित तवरले क्वारेन्टाइनमा राखी पुर्ण साबधानी अपनाउन सकिन्छ।


ठोरी गाउँपालिकाको बिद्यालयहरु पुर्ण साबधानी अपनाएर संचालन गर्न निम्न उपायहरु हुनसक्छन।
१.बैठक ,योजना निर्माण र तालिम संचालन
गाँंउपालिकाको टिम सहित वडा स्तरिय प्र अ को बैठक बसि त्यस वडाको बस्तुगत परिस्थिति विश्लेषण ,सहजता नहुन्जेलसम्म गर्नु पर्ने कार्य विवरण ,योजना निर्माण ,तथा विद्यार्थी अभिभावक घर दैलो कार्यक्रम(,जुम) मार्फत प्र. अ. तथा शिक्षकहरुलाइ अनलाइन पढाइ, टिभी एफएमm बाट पढाउने कृयाकलापको तालिम,मनोपरामर्शदाता बाट बिपतको समयमा मनस्थिति सकारात्मक बनाउने सम्बन्धि कार्यक्रम संचालन गर्ने गराउने, यस कार्यका लागि ७ दिन छुट्टयाउने ।


२.तथ्यांक संकलन
महामारीका कारण बाहिर ब्यबसाय गरि त्यतै आफ्ना नानी बाबूहरुलाइ पढाइरहेका यसै गाउपालिकाका नानी बाबुहरु समेतको गणना संभावित लक्ष्य किटान गरि योजनामा समावेश गर्ने, चैत्र ५ पछि परीक्षा दिएर गएका बिद्यार्थीहरुको लगत आए न आएको समेत यकिन गर्ने तथा शिक्षक र कर्मचारीहरुको समेत लगत लिने र ठोरी गापा सम्म ल्याउने कार्य गर्ने,घर दैलोमा जादा टिभी एफएम र नेटको पहुच सम्बन्धी तथ्यांक समेत लिने,गरिव परिवार स्पष्ट संग छुट्टिने गरि तथ्यांक लिदा गा .पा. लाई आगामी दिनमा स्वरोजगार कार्यमा रोजगार दिन समेत सहयोग पुग्ने र राहत समेत बितरण गर्न सहज हुने।यसका लागि ५ दिन छुट्टयाउने ।


३. सरसफाइ तथा स्वास्थ्य क्रियाकलाप 
हाल ठोरी गाउँपालिकामा मेरो जानकारीमा रहेअनुसार ५ वटा बिद्यालयमा क्वारेन्टाइन रहेको र आगामी दिनमा
कक्षा संचालन गर्नुपर्ने हुँदा शिघ्रातिशिघ्र क्वारेन्टाइन बिद्यालयभन्दा बाहिर निर्माण गर्ने तथा बिद्यालयलाइ सरसफाइ र सेनिटाइज गर्ने,मास्क ,सावुन,र सेनिटाइजर ,ग्लोभ्सको ब्यबस्था,प्रत्येक बिद्यार्थीलाई र शिक्षक कर्मचारीको स्वास्थ्य परिक्षण ,पानीको ब्यबस्था ,संभव भए सम्म आर्डिटी परिक्षण ,समय मिलाएर प्रत्येक बिद्यालयमा स्वास्थकर्मी समेत ब्यबस्था गर्ने।यस कार्य ब्यबस्थापनका लागि १०-१५ दिन लाग्न सक्छ।प्रत्येक दिन कक्षा कोठा,शौचालय,अफिस कोठा,लगायतका क्षेत्र सेनिटाइज गर्नु पर्छ।प्रत्येक कोठामा सेनिटाइजको अनिवार्य ब्यबस्था गर्नुपर्छ।


४.पाठ्यपुस्तकको ब्यबस्था र भर्ना
 हाल गाउँपालिकाको सवै सरकारी र निजि बिद्यालयहरुले २०७६ को नतिजा प्रकाशन गरिसकेको अवस्था छ।माथीका कार्यक्रम सम्पन्न भै सकेको अवस्था पछि नयाँ भर्ना र पाठ्यपुस्तकको ब्यबस्थापन गर्ने तथा बितरण गर्ने।शिक्षक कर्मचारी र बिद्यार्थीको स्वास्थ्य बिमा गर्ने ।यस कार्यकालागी ५ दिन लाग्न सक्छ।


५.बिद्यालय संचालन
अहिलेकै अवस्था बिद्यमान रहेमा ठोरी गा पा लाई भारत,जिराभवानी ,माडी संग पुर्ण लक डाउन गर्नु पर्ने हुन सक्छ। माथिका कृयाकलाप संंचालन गरिसक्ने हो भने आजको ठिक २५-३० दिन पछि बिद्यालय खोलेर सिकाइ कृयाकलाप गर्न गराउन सकिन्छ।

 

यसरी बिद्यालय खोल्दा एउटा कक्षा कोठामा ४०/५० जना विद्यार्थी अटाउने क्षमता भए पनि १५ भन्दा बढी बिद्यार्थी नराख्ने तथा एक अर्कासंग खेल्ने र घुलमिल हुन भने रोक्नु पर्छ।साथै बिद्यालय आए पछि साबून पानी ले हात धुने र कुनै कार्य गरिसके पछि हात धुने र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नु पर्ने हुन्छ।कक्षा गत रुपमा प्रार्थना गराउने,।फरक फरक समयमा बिद्यालय प्रवेश र निस्कने समय मिलाउनु पर्ने हुन्छ,भिड हुन नदिन।

६.कक्षा संचालन र विद्यार्थी संख्या बिभाजन 

कक्षा संचालन गर्दा हाल ठोरी गापामा रहेका भिन्न भिन्न बिद्यालयका संख्याहरुको प्रवृत्ति विश्लेषण गर्नुपर्ने हुन्छ।बिगत केही बर्षको प्रवृत्ति हेर्दा एक दुई बिद्यालय बाहेक धेरै बिद्यालयको शिशु देखि ५ सम्मको बिद्यार्थी संख्या प्रती कक्षा ३० को हाराहारी वा कम छ।

 

यस अवस्थामा जोर बार जोर रोल नं  भएका र बिजोर बार बिजोर रोल  नं भएका बिद्यार्थीको दैनिक कार्यतालिका बनाइ कक्षा संचालन गर्न सकिन्छ ।
त्यस्तै कक्षा ६ देखि माथिका कक्षाहरुमा यस गापाको बिद्यालयको विद्यार्थी संख्याको प्रवृत्ति ५० भन्दा बढी हुने देखिएको छ।

 

एकै दिनमा फरक फरक समयमा दुई सिफ्ट संचालन गरि जोर बार जोर रो न र बिजोर बार बिजोर रो न अनुसार कक्षा संचालन गर्न सकिन्छ,दुई सिफ्ट संचालन गरेर अध्ययन अध्यापन गरेर पढाउदा एउटै कक्षाको एउटै बिषयका दुई भन्दा बढी कक्षा हुने हुँदा शिक्षकलाई शारीरिक श्रम बढी पर्द्छ । त्यस्ता शिक्षक जो दुई सिफ्ट खट्नु पर्छ ,वहाँहरुलाइ प्रोत्साहनको ब्यबस्था गर्नु पर्छ।यसरी दुई सिफ्ट संचालन गर्दा बिहान ६.०० बजे देखि १०.३० र २.०० देखि ६ .३० सम्म अध्ययन अध्यापन गर्ने। दैनिक ५ मुख्य बिषय अध्ययन अध्यापन गराउनु पर्ने हुन सक्छ।


७ .अनुगमन
यस पछि अनुगमन संयन्त्र निर्माण र परिचालन गर्नुपर्छ।अनुगमन संयन्त्रमा जनप्रतिनिधि ,बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष र स्वास्थ्यकर्मी राख्ने र प्रत्येक दिन अनुगमन गर्ने ब्यबस्था मिलाउनु पर्छ।


८.अभिभावकको दायित्व 
प्रत्येक बालबालिकाको अभिभावकहरु( तल्लो कक्षा ३ सम्मका) बालबालिकालाई सुरक्षित ल्याउने ,खाजा खुवाउने र छुट्टी भए पछि लैजाने ब्यबस्था गर्नुपर्ने हुन्छ। शैक्षिक बाताबरणको निर्माण गर्नुपर्ने हुन्छ।अन्य कक्षाका अभिभावकहरु बेला बेलामा बिद्यालयमा जाने तथा आवश्यक सहयोग र घरमा शैक्षिक बाताबरण निर्माण गर्नुपर्छ।


९.गाउपालिकाको दायित्व 
बिगत वर्षहरूमा गाउँ पालिकाले शिक्षालाइ नमुना बनाउने प्रण गरे अनुसार कार्य गरिरहेको छ।आजको विषम परिस्थितिमा त्यो प्रण झन मुर्त रुपमा आउनु पर्छ र आउँछ नै।


स्थानीय सरकारको रुपमा कार्यभार संचालनको जिम्मा पाएको गाउँपालिका कार्यकारिणीले आगामी आव २०७७/७८ मा विषम परिस्थितिमा शिक्षालाई सहज बनाउन यथेष्ट बजेट बिनियोजन गरि शैक्षिक हबको रुपमा नमुना बनाउने अवसर गुमाउनु हुदैन।

माथी उल्लेख गरिएका बिषयबस्तुमा विस्तृत छलफल गरि बिपतमा शिक्षा आवश्यकता र औचित्यता को आधारमा बिद्यालयहरुलाइ बजेट बिनियोजन गरि कार्यान्वयन गरिनु पर्छ।बिद्यालयहरुमा शैक्षिक किट्स,सामग्री लगायत शैक्षिक एप्स ,आदिको ब्यबस्था गर्नुपर्छ।


लगभग ५० दिन शैक्षिकसत्र बितिसक्दा पनि शुरु गर्न नसकिएको अवस्थामा अब संचालन गर्न सकिए शैक्षिकसत्र खेर जादैन र लामा बिदाहरु कटौती गरि दशैमा ५ र तिहारमा ३ दिन मात्र बिदा दिने र अत्यावश्यक बाहेकका बिदा कटौती गरि चैत्र २० पछि परीक्षा संचालन गरि २०७८ बैशाखको पहिलो हप्तामा परीक्षाफल प्रकाशन गरि दोश्रो हप्ताबाट अर्को शैक्षिक सत्र संचालन गर्न सकिन्छ।


१०.समयको प्रतिकुलतामा कक्षा संचालन 
(समय प्रतिकुल हुँदै गएमा माथी उल्लेखित कार्यहरु संभव नहुनपनि सक्छन।यदि त्यस्तै हो भने अर्को बैकल्पिक ब्यबस्थाबाट पनि अन्लाईनबाट ,एफएम र टिभीबाट  संचालन गर्न सकिन्छ। यसकालागी गापाले ठूलो खर्च ब्योहोर्नु पर्ने हुनसक्छ।

हामीले लिएको तथ्यांकमा स्मार्ट फोन प्राय सवै घरधुरीका मुलि संग भएको अवश्य पाइनेछ।यदाकदा बिद्यार्थीले भुलबस बिद्यालयमा बिगतमा ल्याएको मोबाइल हेरेकै हौ। त्यसैबाट पनि यी कुरा आंकलन गर्न सकिन्छ।बिशेषत गरिबीको रेखा मुनि रहेका सरकारी तथ्यांक अनुसार १७% जनता वा घर धुरीकै पेरिफेरिमा हाम्रो गा पा मा हुनसक्छन् वा केही बढी वा कम पनि हुन्सक्छ्न।

 

यो आधारमा ६८० घर धुरीमा स्मार्ट फोन नभएको हुन सक्छ।६८० मध्य कसैका बालबालिका अध्ययन नगर्ने उमेर समुहका र केहिका दुई वा तीन बालबालिका हुनसक्छन् ।यस आधारमा ती४००-५०० घर धुरीका बालबालिकालाई समेट्न सके अनलाइन शिक्षा पनि दिन सकिन्छ।गाउपालिकाको नमुना बनाउने प्रणबाट पक्कै ती निम्न बर्गिय बालबालिका समेटिन्छन ।
 

एकान्तबाँस 
गैडाकोट 
२०७७/०२/ २३( लेखक श्री सरस्वती माध्यामिक बिद्यालय ठोरीका प्रचार्य हुनुहुन्छ ) 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.