logo

नीतिमा कृषि क्रान्तीका कुरा तर, व्यवहार कृषक सधैं पिडित 

      6/10/2020 गते 00 00 मा प्रकाशित     1357   पटक पढिएको

शिवनाथ यादव 
देशमा कयौ क्रान्तीहरु भए, क्रान्तीकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र,गणतन्त्र हुदै देशमा संघियता आयो । क्रान्ती गर्नेहरु सत्तामा आए । देशमा तीन तहको सरकार आयो । क्रान्ती गर्ने बेला देखि केषि क्रान्ती गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ती आयो तर व्यवहारमा कहिले आए । नीति तथा कार्यक्रममा कृषि क्रान्तीका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेन भन्दा पनि सरकारले दिन चाहेन । दिनेहरु नियतले दिएन । कृषि प्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकार नीतिमा कृषि क्रान्तीका कुरा गरे पनि कृषक सधे पिडित नै भए । 


रोपाई गर्ने बेलामा मल विउमा लफडा, धान फल्यो मुल्यमा लफडा, मकै रोप्यो व्यापारीको मनोमनी उचित मूल्यको अभाव, तरकारीमा पनि विचौलीयाको मनोमनी । कृषिमा गरेको लगानी पनि उठाउन नसक्ने भएपछि कसरी हुने हो कृषिमा क्रान्ती ? सधै किसानलाई समस्या भईरहने तर विचौलीया र व्यवसायी मोटाईरहने यस्तो छ यहाँको चलन । खेती गर्ने पनि उही पुरानो तरिका । नयाँ प्रविधि भनौ वा जे भनौ जनताका लागि ट्र्याक्टर एउटा साथी बनेको छ । त्यसमा पनि गरिबलाई राहत भन्दा पनि धनिका लागि कमाई खाने धन्धा । 


अहिले देशमा तीन तहको सरकार छ । सरकारहरुको नीतिमा त कृषि क्रान्तीका कुरा हुन्छ तर व्यवहारमा हुदैन । व्यवस्था परिवर्तन त भयो तर नीतिमा भएका कुराहरु व्यवहार देखिएन । व्यवस्था परिवर्तन होस अरु कुनै आन्दोलन, कुनै कार्यक्रमको भाषण होस वा मन्त्रीको पदभार ग्रहण भाषणमा क्रान्तीको कुरा नहुने कुरै छैन तर बजेट छुट्याउने र त्यसको कार्यान्वयन गर्ने बेलामा अनेको समस्या देखाईन्छ र कार्यान्वयन रोकिन्छ । तराइमा  धान, गहु, मकैको खेती गरेर देश भरी अनाज पु¥याउने काम हुन्छ । तराई मधेशलाई अन्नको भण्डार भनेर पढदै आईरहेका छौ ।

हामीले पढने बेला देखि नै स्ुन्दै आएको यो कुरा अहिले पनि परिवर्तन भएको छैन । हुन त यो भनाई मात्र परिवर्तन नभएको होईन यो खेती शैली पनि परिवर्तन भएको छैन । पानी पर्ने समयमा धान लगाउने, काटने बेच्ने र साहुनको पैसा तिर्ने । बर्षमा दुई बाली मात्र लगाउने परम्परा अहिले पनि गएको छैन । परम्परा नगएको भन्दा पनि कृषिलाई आधुनिकिकरण गरिएन । किसानका लागि क्रान्ती भएन । सवैको लागि आधुनिकता आयो तर किसानका लागि आएन । बर्षको आधा दिन बाझो रहने जमिनका लागि कुनै पनि सरकारले सोचेन । असार १५ मा हलो जोत्नेहरु फर्केर कहिले पनि खेतमा गएनन ।

वर्षमा एक पटक फोटो खिचाउनका लागि हलो समात्नेहरु किसानका हात समातेन्न । किसानले उब्जाएको ताजा तरकारी मन पराउनेहरु किसानको समस्याको बारेमा कहिले ताजा बहश गरेनन अनि कसरी हुन्छ कृषिमा क्रान्ती ? कसरी हुन्छ किसानको पीडा कम ? अहिले कोभिड १९ को संक्रमणका बेला सवै उधोग धन्धाहरु बन्द भएका छन । बिदेशमा आफनो भविष्य उज्वल देख्नेहरु नेपालको भूमिमा आउनका लागि छटपटाईरहेका छन भने छिमेकी मुलुकमा गएकाहरु लामो संघर्ष गर्दै स्वदेश फर्केका छन ।

सवै कुरा बन्दा हु्दाँ सवैको आशाको केन्द्र बनेको छ कृषि ।  एउटा गमलामा भए पनि तरकारी रोप्नेहरु ठुलै काम गरेको झै सामाजिक संजालमा पोष्ट गरिरहेका छन । बाहिरबाट आएकाहरु पनि अव खेतीकिसानी गरेर भए पनि खाने तर बाहिर नजाने भनिरहेका छन । संघ देखि स्थानीय सम्म पनि कृषि क्रान्तीका चर्चाहरु चलिरहेका छन । कृषि प्रधान देशमा कृषिको चर्चा हुनु सुखद कुरा भए पनि चर्चामा आए जस्तो बजेट आएन । नारा त आयो तर कार्यक्रम आएन अनि कसरी हुन्छ कृषिमा क्रान्ती । अहिले अवस्थाामा पनि असारे विकास शुरु भएको छ ।

सडकमा माटो पुरी ग्रेवल गर्ने, प्रवेश द्धवार बनाउने र एक महिना भित्र बजेट सिध्याउने ? अहिले अवस्थामा खोई त धानको विउ वितरण गरेको ? खोई राहतमा मल खाद उपलब्ध गराएको ? संघिय सरकारले बजेट ल्याई सकेको छ भने प्रदेश सरकारहरुको आउने प्रकृयामा छ । स्थानीय सरकाहरुले भने कागजी रुपमा मिलाउने प्रकृयामा छन । संघिय सरकारले कृषमा ल्याएको कार्यक्रम प्रति स्वयम कृषि मन्त्री नै असन्तुष्ट रहेको कुरा बाहिर आईसकेकोले यसमा धेरै चर्चा नै गर्नु परेन ।

कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने,  स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।

हुन त स्थानीय सरकारले मात्र के नै गर्न सक्छ र । सबैको आशा स्थानीय सरकारमा हुन्छ तर बजेट भने संघिय सरकारमा । वास्तमा अहिलेको अवस्थामा कृषिमा क्रान्ती गर्न चाहेको भए सम्भव पनि थियो किन भने हामीलाई चाहिने जनशतिmको अभाव अहिले छैन न त बजार नै नपाउने समस्या । नीतिमा कृषिका कुरा गर्ने तर व्यवहारमा गिटटी र बालुवाका कुरा गर्नेहको ध्यान यस तर्फ जाओस । कागजमा भन्दा पनि व्यवहारमा कृषि क्रान्ती होस् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.