देश बनाउने अनि बदल्ने ठेक्का नेता, सांसद वा विधायकको मात्रै पक्कै होइन, हामी हरेक सचेत नागरिकको पनि उत्तिकै हो।
हाम्रो गाउँ, ठाउँ र समाज भोलि कस्तो बन्ला भन्ने कुरा अरूले के गर्छन् भन्दा पनि आज हामी कस्तो निर्णय लिन्छौँ भन्नेमा भर पर्छ।
स्थानीय चुनाव भनेको चुनावका बेला भोट हालेर प्रतिनिधि छान्ने एउटा प्रक्रिया मात्रै होइन यो त आफ्नो ठाउँको भविष्य आफैँ लेख्ने ठूलो अवसर हो।
त्यसैले भोट दिँदा मान्छे हेरेर होइन उसको विचार हेरौँ, ठूला(ठूला गफ र आश्वासनभन्दा कसले कति काम गरेको छ त्यो हेरौँ, अनि व्यक्तिगत फाइदाभन्दा समाजको भलोलाई अगाडि राखौँ।
देशमा देखिएका समस्या हामी सबैका साझा हुन्, यहाँको विकास हाम्रै साझा सपना हो र यसलाई परिवर्तन गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ।
देश बदलिए हुन्थ्यो भनेर दोधारमा बस्नुभन्दा पहिले आफ्ना बानी र सोच बदलौँ अनि आफ्नो समाज सुधार्ने अभियानमा आफैँ जुटौँ।
किनभने, साँचो परिवर्तन अरू कसैले ल्याइदिने होइन यसको सुरुवात सधैँ हामी आफैँबाट हुन्छ।
श्याम यादव
कानुनको विद्यार्थी ,मधेश बिश्वबिद्यालय
तपाईको प्रतिक्रिया