वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।
सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तसबिरन खातनुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साकी उपसभापति मधु राणा, ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंह, आशाकिरण केन्द्रका महासचिव राजन श्रीवास्तव, सामुदायिक सेवा केन्द्र छप्कैयाका अध्यक्ष ज्ञासुद्दीन ठकुराई, ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतान, सञ्चारकर्मी सुरेश विडारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्दिरा पहाडीले गर्नुभएको थियो भने स्वागत संस्थाका प्रवन्धक अलि असर्रफ सिद्धीकीले गर्नुभएको थियो ।
वीरगन्जको घण्टाघर चोक देखि पावरहाउस चोक सम्मको मुख्य सडक मर्मत सम्भारको काम आज देखि शुरु गरिएको छ । घण्टाघर देपख पावर हाउस चोक सम्म बाँया पट्टीको कालोपत्रे सडक ठाँउ ठाँउमा उप्किएर खाल्डा खुल्डी पर्दा सवारीसाधन र यात्रुलाइ सास्ती भएको गुनासो आएपछि महानगरपालिकाले आज देखि उक्त सडकको मर्मत सम्भारको काम शुरु गरेको हो । पुरानो कालोपत्रे उप्क्याएर त्यसको ठाँउमा नयाँ कालो पत्रे गर्न थालिएको हो ।
राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज वीरगन्जमा पनि जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनासकारी भूकम्पले क्षति पु¥याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउदै आएको छ । कोणसभामा बोल्ने वक्ताहरुले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् ।