logo

वीरगंजका निरन्जन अग्रवाल बिरुद्ध सम्पती शुद्धीकरुण बिभागद्वारा ५१ करोडको बिगो कायम गरि अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०८२ सावन १५ गते ०५: १४ मा प्रकाशित     1886   पटक पढिएको

वीरगंज । वीरगंज महानगरको वडा नं १० लाठगल्लीको ठेगाना देखाएर नागरिकता लिएका निरन्जन अग्रवाल बिरुद्ध बिहिवार पर्सा जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो अनुसन्धान पछि ५१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी बिहीबार जिल्ला सरकारी वकीलको कार्यालय पर्साले  जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको हो । 


विभागका अनुसार अग्रवालले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिनुका साथै श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका पाइएको छ । त्यसपछि उनीहरूले विभिन्न नाममा सम्पत्ति आर्जन गर्दै गएका भेटिएको हो ।


अनुसन्धानका क्रममा अग्रवालले आफ्नो नाम मात्र नभएर श्रीमती र अन्य व्यक्ति युनेश वली र सविता कुमारीसंगको साझेदारीमा  समेत सम्पत्ति किनेर राखेको तथ्य खुलेको छ ।

जग्गा, बैंक खाता, शेयर लगायतमा रहेको सम्पत्ति अवैध रूपमा कमाएको आयबाट आर्जन गरिएको ठहर विभागले गरेको छ । बिगो कायम गरिएको रकम ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा पुगेको छ ।

बिभागले प्रतिवादीहरु रिता देवी अग्रवाल, युनेश वली र संगिता देवीलाई पनि देवानी दयित्व भित्र राखेर मुद्धा अभियोजन गरको हो  ।

विभागले अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ)निवारण ऐन, २०६४ अनुसार सजाय हुन माग गर्दै सम्पूर्ण अवैध सम्पत्ति जफत गर्न माग गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न माग गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.