logo

वीरगंजका निरन्जन अग्रवाल बिरुद्ध सम्पती शुद्धीकरुण बिभागद्वारा ५१ करोडको बिगो कायम गरि अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०८२ सावन १५ गते ०५: १४ मा प्रकाशित     1075   पटक पढिएको

वीरगंज । वीरगंज महानगरको वडा नं १० लाठगल्लीको ठेगाना देखाएर नागरिकता लिएका निरन्जन अग्रवाल बिरुद्ध बिहिवार पर्सा जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो अनुसन्धान पछि ५१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी बिहीबार जिल्ला सरकारी वकीलको कार्यालय पर्साले  जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको हो । 


विभागका अनुसार अग्रवालले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिनुका साथै श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका पाइएको छ । त्यसपछि उनीहरूले विभिन्न नाममा सम्पत्ति आर्जन गर्दै गएका भेटिएको हो ।


अनुसन्धानका क्रममा अग्रवालले आफ्नो नाम मात्र नभएर श्रीमती र अन्य व्यक्ति युनेश वली र सविता कुमारीसंगको साझेदारीमा  समेत सम्पत्ति किनेर राखेको तथ्य खुलेको छ ।

जग्गा, बैंक खाता, शेयर लगायतमा रहेको सम्पत्ति अवैध रूपमा कमाएको आयबाट आर्जन गरिएको ठहर विभागले गरेको छ । बिगो कायम गरिएको रकम ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा पुगेको छ ।

बिभागले प्रतिवादीहरु रिता देवी अग्रवाल, युनेश वली र संगिता देवीलाई पनि देवानी दयित्व भित्र राखेर मुद्धा अभियोजन गरको हो  ।

विभागले अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ)निवारण ऐन, २०६४ अनुसार सजाय हुन माग गर्दै सम्पूर्ण अवैध सम्पत्ति जफत गर्न माग गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न माग गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.