logo

बिधिको शासनको वकालत गर्ने वकीलहरु हिंस्रक भए,जनकपुर घटना निन्दनीय घटनाका रुपमा दर्ज हुने

 इसीमाना सम्वाददाता     २०८२ सावन २७ गते ०७: ३८ मा प्रकाशित     866   पटक पढिएको

वीरगञ्ज । जनकपुरमा नेपाल बार एशोसिएशनका नाममा वकीलहरुले गरेको कामले कानूनी  पेशाको खिल्ली उडाएको छ ।

 

बिधिको शासनको वकालत गर्नेहरु हिंसामा उत्रिएपछि जनकपुरका वकीलहरुका बिषयमा देशब्यापीरुपमा  नकारात्मक टिप्पणी शुरु भएको छ ।

बिधिको शासन र  संविधानबादको रक्षाकानिम्ति अग्र मोर्चा रहने ठानिएका वकीलहरुले कानूनी शासननको हुर्मत लिएको  जनकपुरको घटना निन्दनीय घटनाको रुपमा दर्ज हुने भएको छ ।  

 

गुठी संस्थानको केन्द्रीय कार्यालयले गोरखापत्र दैनीकममा जग्गा लिज सम्बन्धमा ३५ दिने सूचना प्रकाशीत गर्यो ।  नेपाल पत्रकार महासंघ सहित चार वटा संस्थाले प्रतिस्पर्धामा भाग लिए ।

 

त्यस नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रस्ताव स्वीकृत भई २० वर्षकालागि लिज सम्झौता समेत भएको महासंघका अध्यक्ष श्याम बन्जाराले बताए ।

 

नेपाल बार एशोसिएशन जनकपुरधाम यो सम्पूर्ण प्रक्रियामा कही सामेल छैन तर जग्गा भने उसैलाई चाहियो । जग्गाको स्वामित्व आफूसंग भएको नक्कली कुरा गरेर बारको नाममा किचलो शुरु मात्र गरिए आज त पत्रकारमार्थि सांघातिक आक्रमण नै गरियो ।

May be an image of 1 person, beard, smiling and hospital

 सरकार हिनिताको नमुना अहिले जनकपुरमा हेर्दा सहजै बुझ्न सकिन्छ । पत्रकारको टाउको गम्भिर प्रकारको चोट छ । खुट्टा ठाउँ ठाउँमा भाच्चिएको छ । पत्रकार अस्पतालमा उपचार गराई रहेका छन ।

 

 आक्रमणकारीहरु बिन्दास पारामा छन । धनुषामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी ,प्रदेश सरकार वा संघ सरकार नभएको प्रतित हुन्छ । आक्रमणकारीहरु कानूनको दायरामा छैनन । उनीहरुले उन्मुक्ति प्राप्त गरेका छन ।


वकीलहरुको आक्रमणबाट  महासंघका महासचिव शैलेन्द्र महत्तो क्रान्तिको दुई ठाउँमा खुट्टा भाँचिएको छ। यस्तै, पत्रकार दिवाकर साहको अवस्था अत्यन्तै गम्भीर छ।

 

अध्यक्ष श्याम बन्जारा उपाध्यक्ष ज्योति झा, पत्रकार बिनिता यादव र अन्य आधा दर्जनभन्दा बढी पत्रकारहरू पनि घाइते भई अस्पतालमा उपचाररत छन्। अध्यक्ष श्याम बन्जारा स्वयं पनि घाइते भएका थिए, तर उपचारपछि उनी घाइते पत्रकारको उपचार व्यवस्थापनमा जुटेका छन्।


आज महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो जग्गा प्राप्ति विधिसम्मत रहेको जानकारी गराएकै बेला कानुन व्यवसायीहरूले आक्रमण गरेको अध्यक्ष बन्जाराले बताए।

अध्यक्ष बन्जाराले वकिलहरूले वार्ता गर्ने कुरा गरे पनि ६२ जनाले मुद्दा हाल्न नाम लेखाएको भन्दै उनीहरूको नियतमाथि प्रश्न उठाए। उनले कानुन व्यवसायीहरूको यस व्यवहारलाई ’अराजकताको पराकाष्ठा’ र ’म नै सर्वेसर्वा’ भन्ने मानसिकताको उपज भएको आरोप लगाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.