logo

तरकारी बोक्ने गाडीमा ३ क्वीन्टल गाँजा, प्रहरीको मुभ कम भएको मौका छोपेर तस्कर सलबलाउदै

 इसीमाना सम्वाददाता     २०८२ असोज ५ गते ०४: ३७ मा प्रकाशित     230   पटक पढिएको

रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका ८, मोतीपुर बाट ३ सय ३४ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

भारतीय सीमातर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप भ्यानबाट लुकाइछिपाइ लगिँदै गरेको  गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार, प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा गएको गस्ती टोलीले राति करिब ८ बजेको समयमा गाडीको जाँच गर्दा उक्त गाँजा फेला पारेको थियो।

 

पिकअप भ्यान प्रदेश ३—०१–०२२ च १८६१० को माथिल्लो भागमा २० पोका काउली राखिएको थियो भने त्यसको तल लुकाएर २६ पोका गाँजा राखिएको पाइएको प्रहरीले जनाएको छ।

 

प्रहरीलाई देख्नेबित्तिकै गाडी चालक भने फरार भएकाले गाडी नियन्त्रणमा लिई चालक र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको डीएसपी कार्कीले जानकारी दिए।

 

हालैको जेनजी आन्दोलनका कारण प्रहरी युनिटमा भएको क्षतिका कारण गस्तीमा कमी आएको मौका छोपेर तस्करहरूले पुनः सक्रिय हुन खोजेको प्रहरीले बताएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.