वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले बुभवार ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरीले १२० किलो गाँजा बरामद गरेको हो।
जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित धुतहा खोलाको किनारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको ८ वटा प्लास्टिकका पोका फेला पारी उक्त गाँजा नियन्त्रणमा लिएको जनाएको छ।
घटनास्थलबाट संलग्न व्यक्तिहरू भाग्न सफल भएका छन्।
बरामद गरिएको गाँजा आवश्यक प्रक्रिया पूरा गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा डीएसपी विश्वराज योन्जनका अनुसार नियमित अनुगमन र प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको अभियान सफल भएको हो।
तपाईको प्रतिक्रिया