logo

भारतमा श्रम शोषणमा परेका मधेसका ७ जनाको सकुशल उद्धार, आफन्तलाई लगाइयो जिम्मा

 इसीमाना सम्वाददाता     २०८२ पौष १६ गते ०३: ०३ मा प्रकाशित     362   पटक पढिएको

जनकपुरधाम ।  भारतको बिहार राज्यका विभिन्न स्थानबाट मधेस प्रदेशका ७ जना बालबालिका तथा एक महिलाको उद्धार गरिएको छ।

 

उद्धार गरिएकामध्ये ५ जना बालक, १ जना बालिका र १ जना महिला रहेका छन्। उनीहरूलाई आज जनकपुरधामस्थित मधेस प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई आफन्तको जिम्मा लगाइएको छ ।

 

उद्धार गरिएकाहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १६ वर्षीय मो. अजिज मिया, सप्तरीकै शम्भुनाथ नगरपालिका–९ की १५ वर्षीया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर–२ का १४ वर्षीय निमेष माझी, धनुषाको केल्पुर–१ का १४ वर्षीय विष्णु सदा र सोही स्थानका १० वर्षीय सुरज सदा, सप्तरीको मनराजा–५ का ११ वर्षीय बचन कुमार सदा, तथा बाराको कलैया उपमहानगरपालिका–१४ की ३३ वर्षीया संगीता कुमारी जयसवाल रहेका छन्।

 

उनीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याई भीख माग्न लगाउने, श्रम शोषण गर्ने तथा भगाएर अन्यत्र लैजाने अवस्थाबाट उद्धार गरिएको हो। दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाको अगुवाइमा भारतीय प्रहरी र नेपाली दूतावासको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको र आफन्तको जिम्मा  लगाइएको उक्त संस्थाका निर्देशक नवीन जोशीले जानकारी दिए  । 

 

जोशीका अनुसार यसअघि पनि संस्थाले सयौँ जना बालबालिका तथा महिलाको उद्धार गरी अभिभावकको जिम्मा लगाइसकेको छ। उनले प्रलोभनमा परेर भारतका विभिन्न स्थानमा श्रम शोषण र मानव बेचबिखनमा परेका व्यक्तिहरूमध्ये सबैभन्दा बढी संख्या मधेस प्रदेशकै रहेको बताए ।

 

यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अभिभावक र प्रहरीसँगको समन्वयमा कानुनी कारबाही अघि बढाउने प्रयास भइरहेको पनि उनले  उल्लेख गरे ।

 

अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाले कुनै पनि बालबालिका वा आफन्त हराएको जानकारी पाउनासाथ नजिकको प्रहरी चौकीमा तुरुन्त जानकारी गराउन आग्रह गरे।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.