logo

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

      1/20/2017 गते 00 00 मा प्रकाशित     2442   पटक पढिएको

नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् ।

बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले 'झलक दिखला जा'को ताज जितेकी हुन् । वलिउड लाइफले बधाइ लेख्दै डान्स इण्डिया डान्सको ताज जितेकी तेरियाले ‘झलक दिखला जा’को पनि ताज आफ्नो घर भित्र्याएको जनाएको छ ।

उक्त डान्सिङ रियालिटी शो को औपचारिक प्रशारण भने शनिबार राती नेपाली समय अनुसार सवा नौ बजे हुनेछ । सोहि समयका टेलिभिजन दर्शकहरुले तेरियाको 'विनिङ' प्रस्तुती देख्न पाउनेछन् । 

भोटिङको आधारमा तेरियाले यो ताज देश भित्र्याएकी हुन् । उनको लागी वलियो प्रतिद्वन्द्वी सलमान यूसूफ खानलाई लिइएको थियो । त्यसो त भोटिङबाट विजेता घोषणा हुने धेरै कार्यक्रममा नेपालीहरुले जितेको उदाहरण धेरै छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.