माघ ७ काठमाडौं /कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गरेकी हुन । निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ ।
संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एंव सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । सार्थक नेपाल संस्थाको उद्घाटन कार्यक्रममा एक्टर नेपाल नेटवर्कले निर्माण गरेको सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको म्युजिक भिडियोको कलाकार तथा प्राविधिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । हास्य कलाकार महादेव त्रिपाटी, कलाकार रश्मि भट्ट, मकेअप आष्र्टिट नन्दा अधिकारी, गायक सपन श्रेष्ठ, सञ्चारकर्मी गीता अधिकारी, सूर्य चन्द, म्युजिक भिडियो निर्देशक नव ढुंगेल, फोटो पत्रकार नवराज वाग्ले, फोटोग्राफर कुबेर तामाङ, रामलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया