एजेन्सी । भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो कमेडी नाइट्स विथ कपिलबाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धू पनि निस्कने भएका छन्।
चायवाले चन्दुु र नानीले छाड्ने निर्णय गरेसँगै सिद्धूले पनि कपिल शर्माको शो छाड्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनी पञ्जाबका मन्त्री समेत हुन्। सिद्धूले कपिल शर्माको शोमा काम गर्नेबारे पञ्जाबमा धेरै विवाद भएको थियो। तर उनले काम छोडन भने मानेका थिएनन्। किनकी उनले यहीबाट आफ्नो घर गृहस्ती चलिरहेको बताउँदै आएका थिए। तर पञ्जाबका महान्यायाधिवक्ताले काम गर्न असंवैधानिक भएको अभिव्यक्ति दिएका छन्।
यता, सिद्धूले भनेका छन्, यदि म महिनामा चार दिन ७ बजे साँझदेखि ६ बजे बिहानसम्म काम गर्दा अरुको टाउको दुखाई किन बन्छ रु”
यसअघि उनी भाजपाको तर्फबाट सांसद हुँदा पनि कपिल शर्मा शोमा काम गर्ने गर्दै आएका थिए। तर यस पटक भने उनले भाजपाबाट राजीनामा दिएर कांग्रेसबाट टिकट लिएर विधानसभामा चुनाव जितेका थिए। त्यसपछि कपिल शर्मा शोमा गरेको कामप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका हुन्।
तपाईको प्रतिक्रिया