logo

निखिल उप्रेतीको  युनिट देश दौडाहामा

      3/22/2017 गते 00 00 मा प्रकाशित     1888   पटक पढिएको

 

चलचित्र ‘निर्भय’रिलिजको संघारमा रहेको छ ।यहि शुक्रबार देश भरका सिनेमा प्रदर्शनमा आउन लागेको ‘निर्भय’ युनिट अहिले देश दौडाहा निस्केको छ ।चलचित्रका नायक निखिल उप्रेती पिजडा व्यक अगेनको छायांकनमा चितवन रहदा चलचित्र युनिट सग उनि पनि मोफसलको केहि सहरमा प्रचार प्रसारको लागि निस्किएका छन् ।आईतबार चितवनको भरतपुरमा चलचित्र युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी गराएको छ ।चलचित्रका नायक निखिल उप्रेती,नायिका नीता ढुंगाना ,खलपात्र विकास चापागाई,निर्देशक मधुसुदन भट्टराई तथा निर्माता देवी प्रसाद पाण्डे उपस्थिति रहेको पत्रकार भेटघाटमा चलचित्र ‘निर्भय’को बारेमा जानकारी दिएको थियो ।
एक्शन किङ्ग अभिनेता निखिल उप्रेती अर्को चलचित्रको छायांकन सेट बाट सिधै ‘निर्भय’को पत्रकार भेटघाटमा आउन केहि ढिलो भए पनि उनले चलचित्रको बारेमा खुलेर तारिफ गरेका थिए ।एउटा ईमान्दार प्रहरीको भूमिकामा देखिएका निखिलले हाम्रो समाजमा भएको घटनालाई चलचित्र मार्फत देखाउना खोजिएको बताए ।

त्यस्तै नायिका नीता ढुंगानाले पनि चलचित्र निकै राम्रो भनेको र आफुले धेरै आशा गरेको भन्दै यस चलचित्र हेर्न दर्शकले अनुरोध समेत गर्नु भयो । निर्देशक मधुसुदन भट्टराईले आफुले निकै मेहेनत गरेर एउटा राम्रो चलचित्र निर्माण गरेको हुदा दर्शकको साथ पाउने विश्वास गर्नु भयो। चलचित्रका निर्माता देवी प्रसाद पाण्डेले एउटा राम्रो चलचित्र निर्माण गर्ने आफुले पैसामा कुनै कमि न गरेको भन्दै एउटा राम्रो चलचित्र निर्माण गरेको दाबी गर्नु गरे ।
चलचित्र रिलिजको तयारीमा हुदा निखिल उप्रेती ब्यस्त हुदा चलचित्र युनिट छायांकन सेटमा नै निखिल लिन पुगेका थिए । आज बुटवलमा चलचित्रको पत्रकार भेटघाटको लागि चितवन बाट युनिट बुटवल लागेको थियो ।

टेलर र गीत संगीतले निकै चर्चामा रहेको यस चलचित्र प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो ।चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।चलचित्रमा हिमाल केसीको एक्शन रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.