logo

असनमा इकोज् इन द भ्याली सङ्गीत महोत्सव हुने

      3/23/2017 गते 00 00 मा प्रकाशित     1822   पटक पढिएको


काठमाण्डौ १२ चैत्र । स्थानीय सामुदायिक सस्थाहहरु असन सेवा समिति, मछिन्द्र क्लब, झि युवा समूह र कान्तिपुर काठमाडौँ लियो क्लब द्वारा संयुक्त सहकार्यमा कान्ता डब डबको सामाजिक पहल ’सङ्गीतकारका लागि सङ्गीतकारले इकोज् इन द भ्याली सङ्गीत महोत्सव महोत्सव आयोजना गरेको छ । इकोज् इन द भ्याली सङ्गीत महोत्सव काठमाडौँका विविध परम्परागत प्रदर्शन कलामा भैरहेका परिवर्तनहरुलाई साक्षात्कार गर्दै तिनको प्रवर्धन र संरक्षणप्रति समर्पित सङ्गीत महोत्सव हो ।

महोत्सवले काठमाडौँका अमूर्त धरोहर तथा लोपोन्मुख ध्वनीहरूलाई पुनर्जागृत गर्दै नयाँ सन्दर्भ निर्माण गर्न स्थानीय सङ्गीत, कला तथा दैनिक जीवनका रितिरिवाजलाई प्रस्तुत गर्नेछ । यसले ससाना छरछिमेकलाई अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय कलाकारहरुबीचको वृहत् संवादका डबलीमा रुपान्तरण गर्नेछ । यसकासाथै महोत्सवमा विविध अन्तत्र्रिmयात्मक शैक्षिक कार्यक्रम, सिर्जनात्मक कार्यशालाहरु, टोलबजारको निर्देशित पैदलयात्रा र सामुदायिक कला तथा सामग्रीको खुल्ला संग्रहालय पनि सामेल हुनेछन् ।

महोत्सवमा १८ वटा ब्याण्डका २०० भन्दा बढी कलाकारहरुले असन र वरिपरिका चारवटा डबलीहरुमा कार्यक्रम गर्ने छन् । यसको अतिरिक्त ६ वटा विभिन्न कार्यशाला, २ वटा प्रदर्शनी, २ वटा निर्देशित पैदल यात्रा र विभिन्न परिकारका खानाको स्टलहरु पनि हुने छन । महोत्सव ३०,हजार स्थानीयले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.