logo

एक मिशालको भिडियो सार्वजनिक 

      4/8/2017 गते 00 00 मा प्रकाशित     2067   पटक पढिएको

वीरगञ्ज, २६। चैत पछिल्लो समय निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । अनुप तिवारीको शब्द, संगीत रहेको सो गीतमा वीरगञ्ज आइडल सुरभी मिश्रा र अनुप तिवारीको स्वर रहेको छ । ४ महिना अगाडी सार्वजनिक गरिएको सो गीतको अडियोले बजारमा तहल्का मचाइरहेका बेला शुक्रबार एक कार्यक्रममा बीच सो गीतको भिडियो सार्वजनिक गरिएको छ । रन्धिर श्रेष्ठ निर्देशित सो भिडियोमा नायक अशोक आरयन यादव र क्रिस्टिना थापाको अभिनय रहेको छ । ए।आरएएस् प्रोडक्शन्स् अन्तर्गत निर्माण गरिएको सो गीतको अडियो संग्स् नेपाल अन्तर्गत सार्वजनिक गरिएको थियो । वीरगञ्जस्थित क्यान्डी सपमा आयोजना गरिएको कार्यक्रममा चर्चित शास्त्रीय संगीतकार ध्रुव सिंह ठकुरी, सई रुपक मैनाली, सिटि डान्स्का राजन रौनियार, लायन्स् क्लब सेन्ट्रल सिटिकी उपाध्यक्ष गुडी जोशी, फेस् अफ द वल्र्डकी प्रत्याशी पिंकी जोशी, युवा अभियन्ता सौराज प्रधान, नायक युवराज केशरी, मिस्टर वीरगञ्ज २०१६ निर्मल सर्राफ, चर्चित भिडियो सम्पादक रिशभ ओझा,  निर्देशक विजय ठाकुर लगायतकाको  उपस्थिती रहेको थियो । सो भिडियोको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चर्चित शास्त्रीक संगीतकार धु्रब सिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले भिडियो निकै राम्रो बनेको र नामझैँ मिशाल कायम गर्ने बताएका थिए । कार्यक्रममा स्वागत मन्त्वय राख्दै चर्चित नायक डा। अशोक आरयन यादवले भिडियो निर्माणका लागि सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्नुभएको थियो । सो भिडियो युट्युबमा आइतबार साँझ हाइलाइटस् नेपालको मार्फत सार्वजनिक गरिने गायिका सुरभी मिश्राले बताइकी छिन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी बिवेक कर्णले गरेका थिए 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.