logo

मिशाल बनाउँदै गायकद्वय तिवारी र मिश्र 

      4/19/2017 गते 00 00 मा प्रकाशित     1769   पटक पढिएको

वीरगञ्ज, ६ वैशाख । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारीले सफलता अर्को खुड्किला पार गरेका छन् । चिरपरिचित यूट्युब न्यानल  संग्स् नेपालले हरेक वर्ष प्रदान गर्दै  आएको मोष्ट रोमान्टिक संग अफ दि इयरू पुरस्कारबाट गायक तिवारीका दुवै गीत पुरस्कृत भएका छन् । गायक तथा संगीतकार अनुप तिवारीको शब्द, स्वर र संगितमा रहेको उनको पहिलो गीत म जुन तिमी तारा वर्ष २०७३ को सर्वोत्कृष्ट ७ औ 
गीतको रुपमा पुरस्कृत भएको छ भने उनको दास्रो गीत एक मिशाल वर्ष २०७३ को दोस्रो सर्वोत्कृष्ट गीतको रुपमा पुरस्कृत भएको छ । उनको दोस्रो गीत एक मिशालमा उनकै शब्द र संगीत रहेको छ भने सुरभी मिश्र र अनुप तिवारीको स्वर रहेको छ । वर्ष २०७३ मा संग्स् नेपाल मार्फत सार्वजनिक भएका गीतहरुमध्ये उत्कृष्ट गीतहरुलाई सम्मान गरिदै आइएको छ । 
गायक तिवारीको पहिलो गीत म जुन तिमी ताराको भिडियो वीरगञ्जमै निर्माण भएका भिडियोहरुमध्ये युट्य्बमा कम समयमा सबभन्दा दर्शक रिझाउने पहिलो भिडियो बन्न सफल भएको थियो । यसैगरि उनले आफनो दोस्रो गीत एक मिशालको भिडियो हालै सार्वजनिक गरेका छन् । 
गायक अनुप तिवारी र मिश्रले वीरगञ्जमै पहिलो पटक यो पुरस्कार पाएका हुन । गायकद्वयले आफनो सांगितिक यात्रामा साथ दिने सबै लाई धन्यवाद दिएका छन।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.