logo

मिशाल बनाउँदै गायकद्वय तिवारी र मिश्र 

      4/19/2017 गते 00 00 मा प्रकाशित     1585   पटक पढिएको

वीरगञ्ज, ६ वैशाख । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारीले सफलता अर्को खुड्किला पार गरेका छन् । चिरपरिचित यूट्युब न्यानल  संग्स् नेपालले हरेक वर्ष प्रदान गर्दै  आएको मोष्ट रोमान्टिक संग अफ दि इयरू पुरस्कारबाट गायक तिवारीका दुवै गीत पुरस्कृत भएका छन् । गायक तथा संगीतकार अनुप तिवारीको शब्द, स्वर र संगितमा रहेको उनको पहिलो गीत म जुन तिमी तारा वर्ष २०७३ को सर्वोत्कृष्ट ७ औ 
गीतको रुपमा पुरस्कृत भएको छ भने उनको दास्रो गीत एक मिशाल वर्ष २०७३ को दोस्रो सर्वोत्कृष्ट गीतको रुपमा पुरस्कृत भएको छ । उनको दोस्रो गीत एक मिशालमा उनकै शब्द र संगीत रहेको छ भने सुरभी मिश्र र अनुप तिवारीको स्वर रहेको छ । वर्ष २०७३ मा संग्स् नेपाल मार्फत सार्वजनिक भएका गीतहरुमध्ये उत्कृष्ट गीतहरुलाई सम्मान गरिदै आइएको छ । 
गायक तिवारीको पहिलो गीत म जुन तिमी ताराको भिडियो वीरगञ्जमै निर्माण भएका भिडियोहरुमध्ये युट्य्बमा कम समयमा सबभन्दा दर्शक रिझाउने पहिलो भिडियो बन्न सफल भएको थियो । यसैगरि उनले आफनो दोस्रो गीत एक मिशालको भिडियो हालै सार्वजनिक गरेका छन् । 
गायक अनुप तिवारी र मिश्रले वीरगञ्जमै पहिलो पटक यो पुरस्कार पाएका हुन । गायकद्वयले आफनो सांगितिक यात्रामा साथ दिने सबै लाई धन्यवाद दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.